'कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन' | Khabarhub Khabarhub

‘कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य छैन’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

लमजुङ- एमाले उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा आफ्नो भाग्य कसको हातमा सुम्पने भन्ने कुरा जनताकै हातमा रहेको बताएका छन् ।

एमाले बेंसीसहर नगरपालिका कमिटीले शुक्रबार आयोजना गरेको उम्मेदवार परिचय एवं बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै जिल्लाको विकास र जनताको हितका निम्ति गठबन्धनका उम्मेदवारलाई जिताउने कि एमालेका उम्मेदवारलाई  जिताउने भनी सोचविचार गरेर मात्र लमजुङे जनताले मतदान गर्नुपर्ने बताए ।

एमालेले लिएको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न सूर्यमा मतदान गर्न उनले आग्रह गरे । लोकतन्त्रको मूलभूत सिद्धान्तलाई एमालेले सदैव पालना गर्दै आएको उनको भनाइ थियो ।

गठबन्धन सरकारले देशको विकासका निम्ति कुनै उल्लेखनीय काम गर्न नसकेको र एमाले सरकारमा हुँदा ल्याएको विकास र नीतिलाई समेत उल्लंघन गरेको भन्दै कांग्रेस र माओवादी पार्टीमा कुनै भविष्य नभएको उनले आरोप लगाए । भविष्य नभएको पार्टीमा लागेर नै काम नहुने उनले बताए ।

आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा गण्डकी प्रदेश उज्यालो अभियान, एक घर एक धारा, सडकको अभियानलाई अघि बढाएर विकासलाई तीव्र पारे पनि गठबन्धनको सरकारले सबै अभियानलाई ध्वस्त पारेकाले विकासका कार्य अधुरा रहेको उनको दाबी थियो ।

लमजुङमा सत्ता गठबन्धनबाट माओवादी महासचिव देव गुरुङ प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १२ : ५३ बजे

खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री चौधरी

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद

कोरियन भाषा प्रशिक्षण केन्द्र राष्ट्रिय संघ गठन

काठमाडौं- नेपालभरका कोरियन भाषा प्रशिक्षण केन्द्रहरूलाई एकीकृत गर्दै ‘कोरियन भाषा

विद्या भण्डारीको पत्र गृह मन्त्रालयमा, अबदेखि सरकारी सेवा-सुविधा नलिने

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यका तर्फबाट प्राप्त हुँदै आएको सेवा–सुविधा

माओवादीको निष्कर्ष : वर्तमान सरकार धेरै दिन टिक्दैन

काठमाडौं– नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने

३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ४२