९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गरिने  | Khabarhub Khabarhub

९ कात्तिकमा समानुपातिकको अन्तिम बन्दसूची प्रकाशन गरिने 


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगले आगामी ९ कात्तिकमा समानुपातिक उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका र प्रदेशसभा समानुपातिक निर्वाचन निर्देशिकाअनुसार दाबीविरोध गर्ने समय समाप्त भएपछि कुनै उम्मेदवारको सम्बन्धमा दाबीविरोध परेमा त्यसको आवश्यक जाँचबुझ र निर्णयसमेत गरी ९ कात्तिकमा अन्तिम बन्दसूची प्रकाशन गर्ने आयोगले जनाएको छ ।

उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्दा दलले पेस गरेको बन्दसूचीमा रहेको क्रमसमेत खुलाई सम्बन्धित समावेशी समूहको उम्मेदवारको नाम क्रमबद्ध प्रकाश गरिने भएको छ । यस्तै, आयोगले उम्मेदवारको अन्तिम बन्दसूची प्रमाणित गरी सम्बन्धित दललाई बुझाउने छ ।

आयोगले गत १६ असोजमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रदेश र प्रतिनिधिसभा उम्मेदवारको बन्दसूची बुझाउने मिति तोकेको थियो । त्यसपछि पनि आयोगले बन्दसूचीमा भएका नाम सच्याउन, उम्मेदवारी फिर्ता लिन, उम्मेदवार विरुद्ध परेको दाबीविरोधको निर्माणलगायतका काम गर्दै आएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ०८ बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय