पहिरो पन्छाउने काम तीव्र गतिमा « Khabarhub

पहिरो पन्छाउने काम तीव्र गतिमा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थलमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए । 

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ । जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

अविरल वर्षाको बाढीपहिरोले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो । पहिरो पन्छाउने काम निरन्तर चलिरहेको छ । सुर्खेतदेखि कालीकोटको शेराबाडासम्म सवारी साधन सहजरूपमा चलिरहेका छन् । कार्यालय प्रमुख श्रेष्ठले भने, ‘झन्डै १५ देखि २० डोजर पहिरो पन्छाउन काममा प्रयोग गरिएको छ ।’

ठूलाठूला ढुङ्गाको पहिरो आएकाले ब्लास्ट गर्ने काम पनि भइरहेको छ । प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए । नाग्म-गमगढी राजमार्गको जम्मा ९३ किलोमिटरमध्ये १३ किलोमिटरभित्रको पहिरो हटाउन काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

 

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  १ : ३२ बजे

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै