‘प्रेम गीत ३’ की नायिकामा छानिइन् क्रिष्टिना (फोटो फिचर) « Khabarhub

‘प्रेम गीत ३’ की नायिकामा छानिइन् क्रिष्टिना (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – चलचित्र ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ ‘गीत’ को भूमिकाका लागि छानिएकी छिन् । निर्माण टिमले झण्डै एक महिना लगाएर फिल्मको शीर्ष अभिनेत्री चयन गरेको हो ।

निर्माण टिमको दाबीअनुसार फिल्ममा नायिकाको आह्वान गरेसँगै २ हजार ७ सय १४ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । निर्माण टिमले तीमध्येबाट उत्कृष्ट २५ छानेको थियो । उत्कृष्ट २५ को अडिसन लिएर तीमध्येबाट उत्कृष्ट ५ चयन गरिएको थियो ।

सबै प्रतिस्पर्धीलाई उछिन्दै क्रिष्टिना छनोटमा परेकी हुन् । उनी अडिसनमै सहभागी हुन अमेरिकाबाट नेपाल आएकी थिइन् ।

निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले सबै प्रतिस्पर्धी उत्तिकै प्रभावशाली भएको भन्दै अडिसनमा भाग लिने सबैलाई धन्यवाद दिएका छन् ।

यसअघि नै फिल्ममा शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, प्रदीप खड्का, अनुभव रेग्मी लगायतका कलाकार अनुबन्ध भइसकेका छन् ।

चलचित्र यसै वर्षको चैत्र २८ गते रिलिज हुने जनाइएको छ ।

 

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : २२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन