इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा « Khabarhub

इमरान खानलाई पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने पाकिस्तानी निर्वाचन आयोगको घोषणा


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनावमा भाग लिन नदिने घोषणा गरेको छ ।

पाकिस्तानी निर्वाचन आयोगको यो निर्णयलाई पाकिस्तानी राजनीतिक संकटमा अर्को मोडको रुपमा हेरिएको छ । गत अप्रिल महिनामा खान अपदस्थ हुनुअघि पाकिस्तानमा राजनीतिक विवाद उत्कर्षमा रहेको छ ।

यसलाई पूर्वअन्तर्राष्ट्रिय क्रिकेट स्टार समेत रहेका पूर्व प्रधानमन्त्री खान र उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीले लडिरहेका धेरै कानूनी लडाइहरू मध्ये एक भएको जनाइएको छ ।

सत्तामा रहँदा उनले अनावश्क रुपमा उपहार लिएको त्यहाँको निर्वाचन आयोगले फैसला गरेपछि उनलाई उम्मेदवार हुन अयोग्य घोषित गरिएको उनका वकिल गोहर खानले जानकारी दिएका हुन ।

‘पाकिस्तानको निर्वाचन आयोगले इमरान खानलाई भ्रष्ट अभ्यासमा संलग्न भएको घोषणा गरेको छ’ गोहरले भने, ‘हामी यसलाइ अहिले इस्लामावाद उच्च अदालतमा चुनौती दिने छौं ।’

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ५ : १२ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२