'फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं' | Khabarhub Khabarhub

‘फेक समाचारको कारखानै खुल्न सक्छ, सतर्क होऔं’


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले झुट समाचारको खेती चल्न सक्ने भन्दै त्यसतर्फ सजग र सतर्क रहन सम्बद्ध पक्षलाई आग्रह गरेका छन् । चुनावका बेला झन् फेक समाचारको कारखानै खुल्न सक्छ । झुटको खेती गर्दै समाचार बनाइन सक्छन् । सञ्चारकर्मी र सञ्चारमाध्यम सचेत हुनुपर्छ, नयाँ अनलाइन माध्यमका लागि शुक्रबार काउन्सिलमा आयोजित अभिभुखिकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले भने। 

उनले कुनै उम्मेद्वार वा दलप्रति नियोजित प्रहार गर्ने, भ्रामक र तथ्यहीन समाचार बनाउने, बनाउन लगाउने जस्ता काम कोहीबाट पनि हुन नहुने, त्यसले सिंगो पत्रकारिता जगतको विश्वसनीयतामाथि आँच आउने बताए।

चुनावलाई स्वच्छ र निर्वाध ढंगले सम्पन्न गर्न मिडियाको ठूलो भूमिका हुन्छ । मिडियाले नै चुनाव सफल बनाउन अत्यन्तै प्रभावकारी भूमिका खेल्दै आइरहेको छ, सञ्चारकर्मीमाझ अध्यक्ष बस्नेतले भने, चुनावका बेला मिथ्या सूचना, भ्रमपूर्ण समाचार र कसैप्रति द्वेषपूर्ण अभिव्यक्तिलाई सञ्चारमाध्यममा कुनै हालतमा स्थान दिनु हुँदैन । त्यसबारे प्रेस काउन्सिलले नियमित अनुगमन गरिरहेको छ ।बस्नेतले निर्वाचनमा सञ्चार माध्यमलाई दुरुपयोग हुन बाट जोगाउनुपर्ने र त्यसका लागि संयमित भएर सत्य, तथ्य, सन्तुलित समाचार सम्प्रेषण गर्न सुझाव दिए । 

अभिमुखीकरणको १५ औँ श्रृङ्खलामा काउन्सिलका सदस्य दीपक पाण्डे र सूचना तथा प्रसारण विभागका निर्देशक भरत गौतमले सहभागीलाई पत्रकार आचारसंहिता तथा विभिन्न सञ्चार निर्देशिकाबारे विषय विज्ञका रुपमा अभिभुखिकरण गराएका थिए । सूचना तथा प्रसारण विभागका निर्देशक एवं प्रवक्ता भरत गौतमले पत्रकार आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने, जिम्मेवार पत्रकारिताका लागि पत्रकार आफै सचेत हुनुपर्ने बताए ।

उनले काउन्सिलले सुरुवात गरेको आचारसंहिता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत प्रेस काउन्सिल नेपालका सदस्य, दीपक पाण्डेले काउन्सिलले जारी गरेका विभिन्न निर्देशिकाबारे जानकारी दिए । काउन्सिलले जारी गरेका महिला उत्तरदायी सञ्चार निर्देशिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका, बालमैत्री सञ्चार निर्देशिका तथा ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिकाका विभिन्न प्रावधान र नेपाली मिडियामा भइरहेका प्रयोगबारे उनले विश्लेषण गरेका थिए ।

कार्यक्रममा भौतिक र भर्चुअल माध्यमबाट ३० वटा अनलाइनका सञ्चालक र सम्पादकको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ६ : २३ बजे

कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष समिति गठन गर्ने निर्णय

काठमाडौं– ‘संघीय निजामती सेवा विधेयक २०८०’ मा व्यवस्था गरिएको कुलिङ

एमाले बाहेकका पाँच कम्युनिष्ट घटकको संयुक्त बैठक, इजरायलविरुद्ध अभियान चलाउने

काठमाडौं – नेकपा (माओवादी केन्द्र) लगाएका दलहरूले इजरायलले मध्यपूर्वका मुलुकमाथि

‘गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग गरेको छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक

पाँच कम्युनिष्ट पार्टी एकै ठाउँ, राजनीतिक विषयमा छलफल

काठमाडौं– देशका विभिन्न पाँच कम्युनिष्ट पार्टीहरूले छलफल थालेका छन् ।

टौवास खोलाले बगाउँदा एक जनको मृत्यु

बागमती– मकवानपुरको भिमफेदी गाउँपालिका-१  स्थित टौवास खोलाले बगाउँदा एक जनाको