पोखरा–जोमसोम हवाई मार्गमा क्यामेरा जडान « Khabarhub

पोखरा–जोमसोम हवाई मार्गमा क्यामेरा जडान


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मोहरेडाँडामा क्यामेरा जडान गरेको हो ।

केन्द्रका अध्यक्ष महावीर पुनले पोखरा–जोमसोम हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामेरा जडान गरिएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरेको क्यामेरा परीक्षणका क्रममा छ ।
‘तीन हजार तीन सय मिटर र दुई हजार तीन सय मिटर अग्लो डाँडामा क्यामेरा राखिएको छ’, उनले भने, ‘क्यामेराले हवाई मार्गमा पर्ने भूगोलमा खिच्ने ताजा दृश्य पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट अवलोकन गर्न सकिन्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा क्यामेरा जडान गरिएको पुनले बताए । क्यामेरा र कन्ट्रोल रुमलाई इन्टरनेटको लिङ्कबाट जोडिएको छ । चारैतिरको दृश्य हेर्न मिल्ने गरी क्यामेरा राखिएको ठाउँमा वल्र्ड लिङ्क कम्युनिकेसनले निःशुल्क इन्टरनेट प्रदान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा आविष्कार केन्द्रले देशका अरू पनि जोखिमपूर्ण ठाउँमा पनि यस्तै क्यामेरा राख्न अध्ययन गरिरहेको पुनले बताए । पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दी खण्डको मौसमका बारेमा स्थानीयवासीलाई फोन गरेर जानकारी लिने गर्दछन् । यो मार्गमा पछिल्लो आठ वर्षको अवधिमा भएका दुईवटा हवाई दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । गत जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

विसं २०७२ फागुन १२ गते पोखरादेखि जोमसोम जाँदै गरेको तारा एयरकै अर्को जहाँज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सोलीघोप्टेमा पहाडमा ठोक्किँदा २३ जनाको ज्यान गएको थियो । खाँेचमा रहेको म्याग्दी खण्डको उडानका क्रममा टावरसँग सम्पर्क नहुने, मौसमको अवस्था छिनछिनमा परिवर्तन हुने र पूर्वजानकारी नहुँदा जोखिम थियो । जोखिम न्यूनीकरणका लागि मौसमको अवस्थाबारे जानकारी लिन क्यामेराले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५४ बजे

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन : निष्क्रिय खाता न्यूनीकरणका लागि कार्ययोजना बनाएर लागू गर्नुपर्ने

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै