पोखरा–जोमसोम हवाई मार्गमा क्यामेरा जडान « Khabarhub

पोखरा–जोमसोम हवाई मार्गमा क्यामेरा जडान


४ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित मोहरेडाँडामा पोखरा–जोमसोम हवाई मार्गको मौसमको अवस्थाबारे जानकारी दिने क्यामेरा जडान भएको छ । राष्ट्रिय आविष्कार केन्द्रले समुद्री सहतदेखि तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मोहरेडाँडामा क्यामेरा जडान गरेको हो ।

केन्द्रका अध्यक्ष महावीर पुनले पोखरा–जोमसोम हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट नै हेर्न मिल्ने गरी क्यामेरा जडान गरिएको जानकारी दिए । उनका अनुसार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरेको क्यामेरा परीक्षणका क्रममा छ ।
‘तीन हजार तीन सय मिटर र दुई हजार तीन सय मिटर अग्लो डाँडामा क्यामेरा राखिएको छ’, उनले भने, ‘क्यामेराले हवाई मार्गमा पर्ने भूगोलमा खिच्ने ताजा दृश्य पोखरा र जोमसोमको कन्ट्रोल टावरबाट अवलोकन गर्न सकिन्छ ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा क्यामेरा जडान गरिएको पुनले बताए । क्यामेरा र कन्ट्रोल रुमलाई इन्टरनेटको लिङ्कबाट जोडिएको छ । चारैतिरको दृश्य हेर्न मिल्ने गरी क्यामेरा राखिएको ठाउँमा वल्र्ड लिङ्क कम्युनिकेसनले निःशुल्क इन्टरनेट प्रदान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणको अनुरोधमा आविष्कार केन्द्रले देशका अरू पनि जोखिमपूर्ण ठाउँमा पनि यस्तै क्यामेरा राख्न अध्ययन गरिरहेको पुनले बताए । पोखरा–जोमसोम हवाई मार्गमा पर्ने म्याग्दी खण्डको मौसमका बारेमा स्थानीयवासीलाई फोन गरेर जानकारी लिने गर्दछन् । यो मार्गमा पछिल्लो आठ वर्षको अवधिमा भएका दुईवटा हवाई दुर्घटनामा ४५ जनाको ज्यान गएको छ । गत जेठमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

विसं २०७२ फागुन १२ गते पोखरादेखि जोमसोम जाँदै गरेको तारा एयरकै अर्को जहाँज म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सोलीघोप्टेमा पहाडमा ठोक्किँदा २३ जनाको ज्यान गएको थियो । खाँेचमा रहेको म्याग्दी खण्डको उडानका क्रममा टावरसँग सम्पर्क नहुने, मौसमको अवस्था छिनछिनमा परिवर्तन हुने र पूर्वजानकारी नहुँदा जोखिम थियो । जोखिम न्यूनीकरणका लागि मौसमको अवस्थाबारे जानकारी लिन क्यामेराले सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७९, शुक्रबार  ९ : ५४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना