भक्तपुरमा तिहार रमाइलो मेला सुरु  « Khabarhub

भक्तपुरमा तिहार रमाइलो मेला सुरु 


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको आदर्श चोकमा शुक्रबारदेखि तिहार विशेष रमाइलो मेला सुरु भएको छ। मेला कार्तिक ९ गते बुधबारसम्म चल्ने जनाइएको छ।

आदर्शको सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रालि आदर्श चोकको आयोजनामा मेला सुरु भएको हो। मेला तरकारी बजारभित्रै सुरु भएको हो। तरकारी बजारभित्र सस्तो बजारको शुभारम्भ एवं सूर्य विनायक हरित कृषि तिहार विशेष रमाइलो मेला २०७९ सुरु भएको हो।

मेलाको व्यवस्थापन ममता केन्द्र नेपाल काठमाडौँ गरेको छ। खुसी जनरल स्टोर सूर्य विनायक नगरपालिका ८ आदर्श चोकले मेलाको सहयोगी रहेको छ। मेलाको क्रममा दैनिक विभिन्न राष्ट्रिय कलाकारहरुबाट गीत, संगीत, नृत्यमार्फत मनोरञ्जन गराउने कार्यक्रम रहेको जनाइएको छ।

मेलाको क्रममा प्रत्येक दिन बिहान साढे ११ बजेदेखि राति साढे सात बजेसम्म मनोरञ्जनात्मक कार्यक्रम हुने जनाइएको छ। मेलामा सहभागी हुन प्रतिव्यक्ति ५० रुपैयाँ टिकट दर रहेको छ। साथै विद्यार्थीका लागि प्रतिव्यक्ति ३० रुपैयाँ प्रवेश शुल्क राखिएको छ। मेलामा बृद्धबृद्धा, अपांगता भएकाहरु, पत्रकार आदिका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको जनाइएको छ।

यसअघि मेलाको उद्घाटन पूर्व उद्योग मन्त्री महेश वस्नेतले गरेका थिए। कार्यक्रममा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रालिका अध्यक्ष राकेश प्रसाईको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा एमाले नेता किरण थापालगायतका सहभागी रहेका थिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ३२ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा