खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडी चुनाव प्रचारमा दुरुपयोग « Khabarhub

खानेपानी मन्त्री चौधरीद्वारा सरकारी गाडी चुनाव प्रचारमा दुरुपयोग

नम्बर प्लेट नै परिवर्तन, स्थानीय प्रशासन मौन


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

बारा – खानेपानी मन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचारप्रसारका लागि सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ। बारा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बनेका चौधरीले सरकारले मन्त्रीलाई दिएको गाडीको नम्बर नै परिवर्तन गरी प्रयोग गरेको पाइएको हो।

मन्त्री चौधरीले रातो निलो भएको बा २ झ ५८६१ नम्बरको सरकारी गाडीको नम्बर प्लेट नै परिवर्तन गरी बा १२ च ७४३१ नम्बरको प्लेट राखेर प्रयोग गरिरहेका छन्। मन्त्री चौधरी केही हप्तादेखि गृह जिल्ला बारामै छन्।

चुनाव प्रचारप्रसारका निम्ति मन्त्री चौधरीले सरकारी गाडी कुदाएको स्थानीय राम एकवाल चौधरीले सुनाए। ‘मैले पहिले मन्त्री ज्यूको यहीँ गाडीमा सरकारी नम्बर देखेको थिए विगत तीन चार दिनबाट निजी नम्बर देखे’, चौधरीले भने, प्रहरी नै मन्त्रीसँग अघिपछि हुन्छ। प्रशासन मौन छ, कसले  कारबाही गर्ने खै ?’

निर्वाचन-२०७९ प्रयोजनका लागि जारी भएको आचारसंहितामा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री, स्थानीय कार्यपालिका तथा पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नपाइने उल्लेख गरिएको छ।

यसअघि स्थानीय तहको निर्वाचनमा पनि उनले आचारसंहिता उल्लङ्घन गर्दै चुनाव प्रचारप्रसारका निम्ति सरकारी गाडीको दुरुपयोग गरेका थिए।

-न्युजकारखानाबाट

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ७ : ५१ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका