२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२  « Khabarhub

२९ दिन पछि सुरु हुँदै छ कतार विश्वकप-२०२२ 



दोहा – कतारले आयोजना गरेको मध्यपूर्व र अरब विश्वकै पहिलो फिफा विश्वकप-२०२२ अब २९ दिनपछि सुरु हुँदै छ।

आगामी २० नोभेम्बरदेखि १८ डिसेम्बर (करिब एक महिना)सम्म चल्ने विश्वकपमा ६४ खेल खेलाउनका लागि कतारले आठ अत्याधुनिक रंगशाला बनाइसकेको छ।

६० हजार दर्शक क्षमताको अल बायत स्टेडियममा उद्घाटन स्थल हुनेछ। २० नोभेम्बरमा कतार र इक्वेडरबीच पहिलो खेल हुनेछ भने लुसेल स्टेडियममा १८ डिसेम्बरमा कतारको राष्ट्रिय दिवसको दिन फाइनल खेल हुनेछ।

एक स्टेडियमबाट अर्को स्टेडियममा पुग्न झन्डै एक घण्टाको समय लाग्ने गरी निर्माण गरिएको छ। कतारले तनावमुक्त र मनोरञ्जनात्मक प्रतियोगिता सुनिश्चित गर्न रेल प्रणाली, सडक सञ्जाल, होटेल, अपार्टमेन्ट र एयरपोर्ट जस्ता धेरै पूर्वाधारहरू निर्माण वा स्तरोन्नति गरिसकिएको जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ५९ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका