काग तिहारका अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन’ | Khabarhub Khabarhub

काग तिहारका अवसरमा रत्नपार्कमा ‘काग सम्मेलन’


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यमपञ्चकको पहिलो दिन काग तिहारका दिन काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा १९औँ ‘काग सम्मेलन’हुने भएको छ।

ग्रिन सिटी अस्पताल वसुन्धराको आयोजनामा भोलि (कात्तिक ६ गते) सोमबार बिहान ६ देखि ७ बजेसम्म काग सम्मेलन हुन लागेको हो। सम्मेलनमा एक सय ७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारी सम्मेलन गर्ने कार्यक्रम रहेको छ। दुलालले काग सम्मेलनमा चार सय कागलाई एकै ठाउँमा जम्मा पार्ने बताएका छन्।

विगत १८ वर्षदेखि दुलालले काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। ‘कागसँग उसको भाषा बुझेर बोल्नुपर्छ, कागलाई बोलाउँदा मलाई आपत् पर्‍यो भन्दै सहयोग माग्नुपर्छ अनि काग आफूतिर आउँछन्’, उनले भने।

काग तिहारको दिनमा कागलाई मीठा खानेकुरा दिने चलन छ। कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय परम्परा रहेको छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ८ : ४५ बजे

आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि, मैदानमै रोए विराट कोहली

काठमाडौं – रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग

नियमावली स्थगन निर्णयमा सेल्फ ड्राइभ तथा राइड सेयरिङ व्यवसायीको आपत्ति

पोखरा – गण्डकी प्रदेश सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ

आईपीएल फाइनल : आरसीबीले पञ्जाबलाई दियो १९१ रन लक्ष्य

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ संस्करण फाइनलमा

ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने फिलिपिन्सको तयारी अन्तिम चरणमा

काठमाडौं– फिलिपिन्सले भारतमा निर्मित ब्रम्होस क्षेप्यास्त्र सञ्चालन गर्ने तयारी अन्तिम

यातायात व्यवसायीले रोके आन्दोलन, गाडी चलाउने

काठमाडौँ – गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङ नियमावली स्थगन