सुर्खेतमा देउसीभैलो दिउँसो मात्र खेल्न पाइने « Khabarhub

सुर्खेतमा देउसीभैलो दिउँसो मात्र खेल्न पाइने


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय सुर्खेतले देउसीभैलो कार्यक्रम बिहान ७ देखि बेलुका ७ बजेसम्म मात्रै खेल्नका लागि समय तोकेको छ ।

तिहारको समयमा दियो, मैनबत्ती, पालाहरु बाल्ने एवम् विद्युतीय उपकरणहरु प्रयोग गरी दीपावली मनाउँदा आगजनी जस्ता विपत्जन्य घटनाहरु घट्न सक्ने भएकाले सोतर्फ सचेत रहनसमेत प्रशासनको अनुरोध रहेको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभर पटाका, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थको ओसार–पसार नगर्न तथा नपड्काउन अनुरोध गरेको छ । दीपावली तथा छठपर्व नजिकिएसँगै उक्त कार्य गरेको पाइएको खण्डमा प्रशासनले कारबाही गर्ने जनाएको छ ।

प्रशासनले उक्त कार्य नगर्न अनुरोधसमेत गरेको र यदि कसैले सूचनाको अवज्ञा गरी कानुन विपरीतका कार्यहरु गरे वा गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ९ : १५ बजे

नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजत खारेज

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजतपत्र नवीकरण नगर्ने ४४

कोरला नाका जोड्ने (छुसाङ-घमी) सडकको कालोपत्र ठेक्का आह्वान

मुस्ताङ- उत्तर/दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य

कालीकोट– कालीकोटको तिलागुफा नगरपालिकाले नगर क्षेत्रभित्र उत्पादित स्याउ जिल्ला बाहिर

जीवनभन्दा ठूलो कुनै ऐन–कानुन हुँदैन : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले