कुम्भकार माटोको भाँडा बनाउन र बिक्री गर्न व्यस्त « Khabarhub

कुम्भकार माटोको भाँडा बनाउन र बिक्री गर्न व्यस्त


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

इनरुवा – एक बिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा पुर्‍याउने।

सदरमुकाम इनरुवा, लौकही, हरिपुर लगायतका स्थानमा रहेका कुम्भकारले स्थानीयको चाडपर्व सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीय श्रीप्रसाद पण्डितले बताए। कुम्भकार समुदायले दीपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहितका विभिन्न किसिमका भाँडाकुँडा बनाउने र बिक्री गर्ने काममा व्यस्त बनेको पाइएको छ।

भाँडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ताअगाडि देखि नै माटोको जोहो गर्ने गरिन्छ। एक महिनाअगाडि सम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएकाले अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीय देवनारायण पण्डितको भनाइ छ।

नजिकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा उनीहरुको दिनचर्या व्यस्त बनेको छ। दीपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलश लगायतका सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु सामान बनाउने काममा लागेको स्थानीय सियाराम पण्डितको भनाइ छ।

पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्यमा व्यस्त बन्ने गर्छन्। पर्वलाई उल्लासमय बनाउन सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए।

प्रजापति समुदायका व्यक्तिले हात तथा मेसिनबाट भाँडो बनाई गाउँघरदेखि सहरसम्म बेच्न लान्छन्। उनीहरुको पेसालाई सरकारी पक्षले संरक्षण गर्नका लागि ध्यान दिनु जरुरी रहेको इनरुवाका सरोकारवालाहरुले बताएका छन्।

कोरोना महामारीका कारणले विगतका वर्षमा माटोको भाँडाको कारोबार कम भएको थियो। यसपटक माटोको कारोबारमा वृद्धि भए पनि बजारमा आएका विभिन्न किसिमको प्लास्टिक तथा विद्युत्को सामग्रीले झन् समस्या र चुनौती थपिँदै गएको कुम्भकार समुदायको भनाइ छ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  १० : ०५ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन