राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा : खेलकुदमन्त्री गहतराज « Khabarhub

राष्ट्रिय खेलकुदको सुनिश्चितताका लागि अहिल्यै मिति घोषणा : खेलकुदमन्त्री गहतराज


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

कास्की – युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले राष्ट्रिय खेलकुद प्रतियोगिता नियमित कार्यतालिकामा गर्न सहज बनाउने गरी अहिले नै मिति घोषणा गरिएको बताएका छन्।

पोखरामा शुक्रबार साँझ पत्रकारहरुसँगको भेटघाटमा उनले कर्णालीमा हुने दसौँ राष्ट्रिय खेलकुद विगतमा जस्तो लामो समयसम्म  नहुने अवस्था अब नआउने उल्लेख गरे। हरेक दुई वर्षमा हुने प्रतियोगिता नियमित सञ्चालन हुने उनको भनाइ छ।

मन्त्री गहतराजले भने, ‘हामीले दसौँ राष्ट्रिय खेलकुदको मिति अहिले नै तय गरेका छौँ। कर्णालीमा दुई वर्षभित्रमा मात्र भनेका छैनौँ, विसं २०८१ मङ्सिर २ देखि ९ गतेसम्म मिति अहिले नै घोषणा गर्दा यसको तयारीमा समेत सहयोग पुग्नेछ, प्रतियोगिताको सुनिश्चितता हुन्छ।’

खेलकुदमन्त्री गहतराजले पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद मौसमको प्रतिकूलता, चाडपर्वबीच र सार्वजनिक खरिदका केही प्रावधानका कारण चुनौती रहे पनि चुनौतीका बीचमा पनि सफल भएको बताए।

नवौँ राष्ट्रिय खेलकुद आयोजनाले अन्तर्राष्ट्रिय मान्यतासमेत पाइसकेकाले राष्ट्रिय टोली निर्माण र अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिताका लागि सहज बनेको उनको भनाइ छ। पोखरामा सात दिनसम्म चलेको भव्य प्रतियोगिता सफल पार्न सहयोग गर्ने सञ्चार जगतलगायत सबै गण्डकी प्रदेशवासीलाई समेत उनले आभार व्यक्त गरे।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले नवौँमा पहिलो पटक राष्ट्रिय खेलकुदको ट्रफी निर्माण, राष्ट्रिय खेलकुदको मान्यताअनुसार ‘एन्टी डोपिङ’ परीक्षण लगायतका नवीनतम् कार्य सुरु भएको बताए। उनले खेलाडीहरुको विवरण डिजिटल माध्यमबाट दर्ता गरी अभिलेखीकरण गरिएको समेत बताए।

प्रतियोगितामा ३६ खेलको तीन सय ९६ इभेन्ट सम्पन्न भएको, खेलाडी ६ हजार एक सय २७, निर्णायक एक हजार ६ सय ४७, प्रशिक्षक सात सय एक, व्यवस्थापक पाँच सय ११ र सञ्चालक समिति एक सय नौ जना गरी १० हजारभन्दा बढीको सहभागिता भएको जानकारी दिए। प्रतियोगिता सफल भएकामा उनले सबैप्रति आभार व्यक्त गरे।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ११ : ०० बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद