७० जनालाई रोजगारी दिँदै मनोज « Khabarhub

७० जनालाई रोजगारी दिँदै मनोज


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

जुम्ला– चन्दननाथ नगरपालिका– ५ कालेखोलीका मनोज बुढाथोकी मगरले जुम्ला मै ७० जनालाई रोजगारी दिइरहेका छन् । उनले वैदेशिक रोजगारीका लागि विदेशिने युवा शक्तिलाई स्वदेश मै रोक्न रोजगारीमूलक पेशा व्यवसायी सुरु गरेका हुन् । स्वदेशमा रोजगारको अवसरमा नपाएका युवाहरू दिनप्रतिदिन भरतसहितका खाडी मुलुकतिर लागेको देखेपछि उनले युवालाई रोङ्उकन उद्योग सञ्चालन गरेको बुढाथोकी मगरले  बताए । मनोजले एम्स एग्रिकल्चर रिसर्च सेन्टर सञ्चालन गरेका छन् । उनले रिसर्ज सेन्टरमार्फत धेरै उद्यमशीलताका काम गर्दै आएको बताए । 

इँट्टा उत्पादन, ग्रिल निर्माण, कुटानीपिसानी मिल, व्यावसायीक बङ्गुर पालनसहित बोर्डिङ स्कुल सञ्चालन गरेका छन् । उनको बङ्गुर पालन व्यवसायले बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेको छ । फोहोर व्यवस्थापनको दिगो लक्ष्यसहित एक वर्षअघि ६ लाख लगानीमा बङ्गुर पालन व्यवसाय सुरु गरेका हुन् ।

एम्स एग्रिकल्चर रिसर्च सेन्टरद्वारा उद्यमी मनोजले व्यवसाय सुरु गर्दा तीन वटा बङ्गुर थिए । अहिले ४५ वटा छन् । बहुउद्देश्यीय लक्ष्यले बङ्गुरपालन सुरु गरिएको उनले बताए । बजारमा फोहोर बढ्दै गएपछि चन्दननाथ नगरपालिकालाई व्यवस्थापनको समस्या पनि उत्तिकै छ ।  तर, बङ्गुर पालेर बजारको फोहोरलाई मोहोरका रुपमा प्रयोग गरिरहेका छन् । बङ्गुर फर्म आसपासको जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती गर्ने र बङ्गुरको दिसालाई मलका रुपमा प्रयोग गर्ने योजना  रहेको उनले बताए ।

‘बजारको फोहोर खुवाउने, दिसा मलका रुपमा प्रयोग गरी तरकारी खेती गर्ने बहुउद्देश्यीय लक्ष्य सफलता उन्मुख छ,’ उनले भने । दैनिक रुपमा बजारको झण्डै तीन क्विन्टल कुहिने फोहोर व्यक्तिगत रुपमा संकलन गरी बङ्गुरको दानाको रुपमा प्रयोग भइरहेको छ ।

उनले कुटानी पिसानी मिल समेत सञ्चालन गरेका छन् । जसबाट स्थानीयलाई राहत मिलेको छ । राजनीतिसँगै उद्यमशीलतामा सफल बन्दै गएका मनोजले आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र उद्यमशीलतामा जोड दिएका छन् । उद्यमशीलतामा लगानी बढाए अबको २० वर्षपछि जुम्लासहित मुलुक परनिर्भरताबाट मुक्त हुने उनले विश्वास गरेका छन् ।

मनोज राजनीतिज्ञ पनि हुन् । उनी माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य हुन् । विद्यार्थी जीवनदेखि राजनीतिक गर्दै आएका मनोजले ०७४ सालदेखि स्वदेशमै स्वरोजगार खोज्दै उद्यमशीलता गर्न थाले छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ०० बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन