नवौँ राष्ट्रिय खेलकुद : भक्तपुरका दुई विद्यार्थीलाई सफलता « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : भक्तपुरका दुई विद्यार्थीलाई सफलता


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- ण्डकी प्रदेशमा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भक्तपुरको एभरेष्ट इङ्लिस स्कुलका दुई जना पूर्व विद्यार्थीलाई सफलता मिलेको छ । भक्तपुर नगरपालिका-२ मिवाछें व्यासीस्थित स्कुलका दुई जना पूर्व विद्यार्थी साधना घिसिङ र कृषा देण्डेखुलाई सफलता मिलेको हो । उनीहरू दुवैलाई बास्केटबलमा सफलता मिलेको हो ।

साधनाले एपिएफ टिमबाट सहभागी भएर थ्रीअनथ्री बास्केटबलमा प्रथम स्थान हासिल गर्न सफल भइन् भने कृषाले बागमती प्रदेश टिमबाट खेलेर फाइफ अन फाइफमा सेकेण्ड हुन सफल भएकी हुन् । 

यी दुवै पूर्व विद्यार्थीको सफलतामा स्कुलले खुशी व्यक्त गरेको छ । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले दुवै विद्यार्थीलाई बधाइका साथै आगामी दिनका लागि शुभकामना व्यक्त गरेका छन् ।

स्कुलका बास्केटबल प्रशिक्षक सञ्जय प्रजापतिले यी दुवै विद्यार्थी पहिलादेखि नै बास्केटबलमा विशेष लगाव राख्ने विद्यार्थी भएको स्मरण गरे । तनहुँमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबार सम्पन्न भएको थियो ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : १५ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन