राष्ट्रपतिका अधिकार कटौती गर्ने गरी श्रीलङ्कामा संविधान संशाेधन | Khabarhub Khabarhub

राष्ट्रपतिका अधिकार कटौती गर्ने गरी श्रीलङ्कामा संविधान संशाेधन


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलङ्काको संसद्ले कार्यकारी राष्ट्रपतिका केही अधिकारहरू कटौती गर्ने गरी संविधानको २२ औं संशोधन पारित गरेको छ ।

संसदबाट दुई तिहाई बहुमतले पारित भएको सो संशोधनमा राष्ट्रपतिका केही मुख्य अधिकारहरू कटौती गरिएका छन् । जम्मा १७४ सदस्यले संशोधनको पक्षमा मतदान गरेका छन् भने विपक्षमा एक मत परेको श्रीलङ्काबाट प्रकाशित हुने डेली मिररले उल्लेख गरेको छ ।

त्यस्तै, एक जना सदस्यले मतदान प्रक्रियामा सहभागिता नजनाएको डेली मिररले जनाएको छ ।

सन् १९४८ मा बेलायती शासनबाट मुक्त भएयताकै सबैभन्दा खराब आर्थिक एवम् राजनीतिक सङ्कटको सामना गरिरहेका बेला श्रीलङ्काली संविधान संशोधन गरिएको हो ।

मुलुकमा विदेशी मुद्रा सञ्चितिको चरम अभावले इन्धन अभाव, विद्युत कटौती र खाद्यान्नको मूल्यवृद्धिले अर्थतन्त्र टाट पल्टिएको छ भने जनतामा चरम निराशा र आक्रोश कायम छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ३ : ५५ बजे

विदेशबाट फर्केर माछापालनमा व्यस्त कमल

भोजपुर – भोजपुर नगरपालिका-६ भङ्गेरीका कमल तामाङ व्यावसायिक माछापालन गर्दै

कोलोराडो घटना : अभियोग पुष्टि भए ३८४ वर्ष जेल

कोलोराडो – अमेरिकाको कोलोराडोमा भएको आक्रमणका शङ्कास्पद व्यक्तिलाई १६ वटा

सम्माननीय ! सबै रत्नाकर डाकु वाल्मीकि बन्दैनन् !

प्रसिद्ध हिन्दुग्रन्थ रामायणका रचियता महर्षि वाल्मीकि हुन्। नागा प्रजातिमा जन्मिएका

राष्ट्रपतिविरुद्धको महाअभियोग पारित भएपछि दक्षिण कोरियामा निर्वाचन

सोल – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

धनगढी – अछाममा जंगली च्याउ खादा तीन जना बिरामी परेका