काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ४ सय ३५ पिसिआर परीक्षणका क्रममा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु भएको छैन भने थप ४८ संक्रमित कोरोनामुक्त भएका छन् ।
हाल नेपालमा ७ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया