चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत « Khabarhub

चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत


५ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

दमौली– चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया वीना चेपाङको परिवारलाई राहत उपलब्ध गराइएको छ । डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई ५० हजार उपलब्ध गराएको हो । 

शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो । सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त  रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरूप दश लाख दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उनको भनाइ थियो । 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा पचास हजारसम्म, सख्त घाइते भएमा दुई लाखसम्म र मृत्यु भएमा अधिकतम दश लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।

बन्दीपुरमा केही समययता चितुवाको आक्रमण बढेकाले चितुवा नियन्त्रणका लागि प्रयास थालिएको छ । चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिन तालिमप्राप्त प्राविधिकसँग समन्वय गरिएको उनले बताए । ‘अहिले तत्कालका लागि उक्त ठाउँमा खोर राखेका छौँ, केही समयपश्चात् तालिमप्राप्त टोली आएपछि डार्टिङ गरेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिनेछ’, सहायक बन अधिकृत पण्डितले भने, ‘यसका साथै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेका छौ ।’

चाडपर्वका बेला चितुवाको त्रास बढेपछि स्थानीयवासी आतङ्कित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । वडा नम्बर १, ३ र ४ मा विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको  अन्य दुई जना घाइते भएका थिए अहिले झन तिहार सुरु भएकाले स्थानीयवासी त्रस्त छन् ।

गत असारमा वडा नं १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुई घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७९, शनिबार  ५ : २८ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका