‘प्रेम गीत ३’ मा छानिएकी क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु « Khabarhub

‘प्रेम गीत ३’ मा छानिएकी क्रिष्टिना भन्छिन्- अब पढाइ र अभिनय सँगसँगै लैजान्छु


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – लामो समयदेखि चर्चामा रहेको फिल्म ‘प्रेम गीत ३’ मा क्रिष्टिना गुरुङ नायिकाका रुपमा छनोटमा परेपछि उनको चर्चा हुन थालेको छ । छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गर्ने यो फिल्ममा प्रदीप खड्का, मनिष राउत, सुनील थापा, शिव श्रेष्ठ लगायतका कलाकारको समेत भूमिका रहनेछ ।

२७ सय प्रतिस्पर्धीलाई उछिन्दै नायिकामा चुनिएकी क्रिष्टिनाले अमेरिकाको बाल्टीमोरमा ‘इन्फरमेसन सिस्टम’ विषय लिएर अध्ययन गरिरहेकी थिइन् । प्लस २ पछि थप अध्ययनका लागि अमेरिका गएकी क्रिष्टिना आमा बिरामी परेका कारण नेपाल आउने जाने गरिरहन्थिन् ।

अमेरिकामा रहे पनि नेपालमै भविष्यको खोजी गरेकी क्रिष्टिनाले अब नायिकाको परिचय बनाउँदै छिन् ।

सानैदेखि नेपाली चलचित्र क्षेत्रमा चासो राख्ने क्रिष्टिना विदेशमा हुँदा झनै बढी नेपाली चलचित्र क्षेत्रप्रति चासो बढेको धारणा राख्छिन् । यसैबीच हामीले ‘प्रेम गीत ३’ की ‘गीत’ लाई तपाईंलाई छनोटमा पर्छु भन्नेमा कत्तिको विश्वास थियो? भनेर सोधेका छौः

म नै छानिन्छु झैँ त लागेको थिएन तर यो चलचित्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो ।

अचानक फिल्ममा छानिँदा कस्तो महसुस गर्नुभएको छ?

एकदमै खुशी छु । खुशीको सीमा छैन । पहिलेदेखि नै यो क्षेत्रमा । केही गर्न पाए हुन्थ्यो भन्ने लागेको थियो । यो ब्यानरका बारेमा पहिलेदेखि नै थाहा थियो ।

अमेरिकादेखि नेपाल आउनुभएको छ, नेपाली फिल्मको अवस्थाबारे कत्तिको जानकार हुनुहुन्छ ?

खासमा म व्यक्तिगत कारणले अमेरिकाबाट नेपाल आएकी थिएँ । फिल्मको अडिसन हुँदैछ भन्ने थाहा पाएपछि यतै अडिसन दिने सोचेँ । नेपालमै केही गर्नु छ भनेर मौका खोजिरहेकी थिएँ । विदेशमा हुँदा नेपाली फिल्म र नेपालबारे अझै चासो हुने रहेछ । नेपालबारे अपडेटमा रहन्थेँ ।

kristina grg

उत्कृष्ट २५ मा छानिएपछि म नै छनोटमा पर्छु भन्ने विश्वास थियो ?

त्यसपछि मलाई कसरी राम्रो गर्छु भन्नेमा मात्र ध्यान थियो । जे होस्, राम्रो भयो ।

अमेरिकामा अध्ययन गर्दै गर्दा एकाएक चलचित्र क्षेत्रमा आउनुभयो, अब कुनलाई प्राथमिकतामा राख्नुहुन्छ ?

मैले अमेरिकामा ‘इन्फरमेसन सिस्टम’ पढिरहेकी थिएँ । अब चलचित्र क्षेत्रमा पनि हुन्छु । दुवैलाई मिलाएर अगाडि बढाउन चाहन्छु । अहिले चाहिँ ‘प्रेम गीत ३’ मै फोकस हुन्छु ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ४ : २८ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको