नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : खेलाडीका लागि अवसर र सिकाइ


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

कर्णाली प्रदेशको पुरुष हक्की टोलीका लागि नवौंँ राष्ट्रिय खेलकुद अवसर र सिकाइका लागि राम्रो माध्यम बन्यो । हुम्लाको सिमिकोट–५ का युवा मिलेर बनाएको टोलीले पछिल्ला केही वर्ष प्रतियोगिता खेल्न पाएको थिएन् । नवौँमा एउटै वडाबाट सिङ्गो कर्णाली प्रदेशको प्रतिनिधित्व गरेर आएको टोली सेमिफाइनलसम्म पुग्यो ।

पोखरामा गत असोज २८ देखि यही कात्तिक ३ गतेसम्म भएको राष्ट्रिय खेलकुदले टोलीका लागि राम्रो अवसर प्रदान गरेको कप्तान रामजन रावतले बताए । “हुम्लाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सोच थियो, तर टोली कस्तो बनेको छ भन्ने थाहा थिएन्,” उनले भने, “पोखरा आएर खेलेपछि हामी पनि सक्षम छौंँ भन्ने थाहा भयो ।” कर्णालीको पुरुष हक्की टोली जस्तै धेरैले कोरोनापछि खेल्ने मौका पाए ।

व्यवस्थापकीय कमजोरी हुँदाहुँदै राष्ट्रिय खेलकुदमा थुप्रै कीर्तिमान बने । पौडीकी डुवाना लामा, एथ्लेटिक्सकी जयरानी थारू र शिवराज पार्की, जिम्न्यास्टिकका राजु राई, भारोत्तोलनकी तारादेवी पुन, उसुकी एलिना चौधरी र सुस्मिता तामाङ, स्क्वासका अमृत थापा मगरलगायत खेलाडी चम्किए । नवौँं राष्ट्रिय खेलकुदले अन्तर्राष्ट्रिय स्पर्धामा गतिलो परिणाम दिन सक्ने खेलाडी जन्माएको छ ।

पौडीकी गौरिका सिंह नवौँंमा आफ्ना प्रतिस्पर्धी खेलाडी बढेको बताउँछिन् । पौडीमा नेपाली खेलाडीको रुचि बढिरहेको अवस्थामा प्रतियोगिता आयोजना भएकामा उनी खुसी छिन् । यसले पौडीमा धेरै खेलाडीले आफ्नो प्रतिभा देखाउने अवसर पाएको उनको भनाइ थियो ।

“डुवाना, एलेक्स, नासिर सबैले राम्रो खेलिरहनुभएको छ,” उनले भनिन्, “यसरी नै प्रतियोगिता भइरहेमा एसियाली तथा ओलम्पिक प्रतियोगितामा पनि पदक जित्न सहज हुन्छ ।”

पोखरामा राष्ट्रिय खेलकुद हुँदा पोखरावासी अन्तरआत्मादेखि नै खुसी भएको पोखरा महानगरका प्रमुख धनराज आचार्यको भनाइ छ । “सानातिना कमजोरी जहाँ पनि हुन्छन्,” उनले भने, “काम गर्दा नै कमजोरी हुने हो । ठूलै गल्ती केही भएन भन्नुपर्छ । अब कर्णालीमा हुने राष्ट्रिय खेलकुदका लागि यो एउटा सिकाइ हो ।”

गुनासा, चुनौती र सीमितताका बाबजुद राष्ट्रिय खेलकुदले गण्डकी प्रदेशका जनतालाई खुसी बाँड्न सफल भएको नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद्का पूर्वसदस्य सचिव तेजबहादुर गुरुङले बताए ।

विसं २०३८ देखि सुरु भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन विभागीय टोली बाहेक प्रदेशमध्ये पहिलो पटक हामी पहिलो हुन सफल भएका छौंँ,” उनले भने, “गण्डकीले इतिहास बनाएको छ ।”

प्रतियोगितामा त्रिभुवन आर्मी क्लब एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ कास्यसहित च्याम्पियन बन्यो । सशस्त्र प्रहरी बलको एपिएफ क्लब ६५ स्वर्णसहित दोस्रो तथा नेपाल प्रहरीको पुलिस क्लब ६१ स्वर्ण जित्दै तेस्रो बन्यो । चौथा बनेको घरेलु टोली गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्यसहित एक सय २० पदक हात पा¥यो ।

प्रतियोगितामा बागमती प्रदेश पाँचौँ, प्रदेश १ छैटौँं, सुदूरपश्चिम सातौँं, एनआरएनए आठौंँ, लुम्बिनी प्रदेश नवौँं, मधेश प्रदेश दशौँं र कर्णाली प्रदेश एघारौँं स्थानमा रहे ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ३ : २५ बजे

राप्रपाले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर

भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन संयोजक प्रचण्डसमक्ष आग्रह

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुकुम्वासी

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

काठमाडौं– जेन-जी संयुक्त समूहले दिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ ।