कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउँछ : रामचन्द्र पौडेल


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसले विकास र राजनीतिलाई सँगै अगाडि बढाउने बताएका छन् । कांग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले कांग्रेसले जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्ने बताए ।

‘तनहुँको यातायात, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत विकासमा कांग्रेसको महत्वपूर्ण भूमिका रहेको छ, कांग्रेस राजनीतिका लागि राजनीति मात्र नगरेर जनतालाई गाउँमा बस्ने वातावरण निर्माण गर्छ’, उनले भने । लोकतान्त्रिक आन्दोलनको इतिहास तनहुँसँग जोडिएको उनको भनाइ छ ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पौडेलले संविधानको रक्षा र मुलुकको आर्थिक विकासका लागि गठबन्धन निर्माण भएको बताए । कांग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले मुलुकको आर्थिक विकास र संविधानको रक्षाका लागि कांग्रेसको नेतृत्वमा निर्माण भएको लोकतान्त्रिक–वाम गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए ।

तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार भण्डारीले आगामी मङ्सिर ४ गते हुन लागेको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन काठमाडौँबाट आआफ्नो गाउँमा गएर खट्न आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले संविधानको रक्षा गर्दै मुलुकको आर्थिक विकास गर्नका लागि गठबन्धन निर्माण गरेको बताए । कांग्रेस केन्द्रीय सदस्य धु्रव वाग्लेले तनहुँ सान र विकासका लागि कांग्रेस गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए ।

 

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  ९ : ४८ बजे

विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली

टप टी-२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको