पाकिस्तान बाढी : एक हजार सातसयभन्दा बढीको मृत्यु « Khabarhub

पाकिस्तान बाढी : एक हजार सातसयभन्दा बढीको मृत्यु


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – पाकिस्तानमा यो वर्षको वर्षा याममा बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार सात सय ३१ पुगेको छ भने १२ हजार आठ सय ६७ जना घाइते भएका छन् ।

बाढीका कारण छ सय ४५ जना बालबालिका तथा तीन सय ५० जना महिलाको मृत्यु भएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । दक्षिणी प्रान्त सिन्ध बाढीबाट सर्वाधिक प्रभावित भएको जनाउँदै उक्त प्राधिकरणले त्यहाँ सात सय ९२ जनाको मृत्यु भएको बताएको छ ।

दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा तीन सय ३६ र उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वा प्रान्तमा तीन सय आठ र पूर्वी पञ्जाब प्रान्तमा दुई सय २३ जनाले ज्यान गुमाएका छन् ।

पाकिस्तानका ८५ जिल्लाका ३३ लाखभन्दा बढी नागरिक बाढीबाट प्रभावित भएका छन् । बाढीग्रस्त क्षेत्रमा प्राधिकरणका साथै अन्य सरकारी एवम् गैरसरकारी संस्थाले उद्धार तथा राहतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : १७ बजे

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम

गण्डकीका १४ हजारभन्दा बढी कर्मचारी निर्वाचनमा खटिने

गण्डकी– यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

गाँजासहित दुई जना पक्राउ

सुनसरी– धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ किलोग्राम (केजी) गाँजासहित दुई जनालाई