तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई « Khabarhub

तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि सात बाघलाई


६ कार्तिक २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पथरी – तेस्रो पथरीशनिश्चरे प्रिमियर लिगको उपाधि साबिक विजेता सात बाघले जितेको छ । प्रतियोगिता मोरङको पथरीशनिश्चरे नगरपालिकामा असोज २३ गतेदेखि सञ्चालन भएको थियो । आज भएको फाइनल खेलमा रोयल किङलाई हराउँदै सात बाघले उपाधि जितेको हो ।

उपाधिसँगै सात बाघले रु एक लाख ११ हजार एक सय ११ र उपविजेता रोयल किङले रु ५५ हजार पाँच सय ५५ प्राप्त गरेका छन् । विजेता तथा उपविजेता टोलीलाई पथरीशनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पथरी इलाका प्रमुख नायब उपरीक्षक वेदप्रसाद गौतमले पुरस्कार हस्तान्तरण गरे ।

नगरभरिका क्रिकेट खेलाडीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको थियोे । प्रतियोगितामा पथरीशनिश्चरे नगरभित्रका आठवटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको थियो । असोज २३ देखि कात्तिक ६ गतेसम्म सञ्चालन भएको लिगमा लिग र राउन्ड रोबिनका आधारमा चार टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ६ कार्तिक २०७९, आइतबार  १० : ४१ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना