नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ : मन्त्री श्रेष्ठ


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवर्द्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । 

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै मन्त्री श्रेष्ठले सरकारले नेपाल संंवत्लाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।

नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजका रुपमा रहेको नेपाल संवत्को संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवत्को प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रगतिशील सामाजिक अभियानकर्मी तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत् प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यतासमेत दिइसकेको छ । साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकाले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २६ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु