नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ : मन्त्री श्रेष्ठ « Khabarhub

नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याइनुपर्छ : मन्त्री श्रेष्ठ


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल संवत्लाई प्रवर्द्धन गर्न व्यावहारिक प्रयोगमा ल्याउन सरकार गम्भीर रहेको बताएका छन् । चःमती टोल विकास समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । 

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाए पनि व्यावहारिक प्रयोग नहुँदा जनताले यसको अनुभूत गर्न नपाएको भन्दै मन्त्री श्रेष्ठले सरकारले नेपाल संंवत्लाई प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको बताए ।

नेपाली मौलिक संस्कृति, परम्परा र रीतिरिवाजका रुपमा रहेको नेपाल संवत्को संरक्षण, संवर्द्धन र व्यावहारिक प्रयोगलाई आफूले प्राथमिकता दिएको बताउँदै उनले नेपाल संवत्को प्रयोगका लागि तत्काल गर्न सकिने कार्य आफूले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रगतिशील सामाजिक अभियानकर्मी तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सम्मानमा आफ्नै प्रस्तावमा सरकारले राष्ट्रिय पुरस्कार स्थापना गर्ने तयारी अघि बढाएको पनि उनले जानकारी दिए । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गरेका थिए ।

गरिब जनताको ऋणमोचन गराई सामाजिक सेवा गरेको र नेपालमा मौलिक संवत् प्रचलनमा ल्याउने कार्यको मूल्यांकन गर्दै २०५६ सालमा सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । सरकारले यसअघि नेपाल संवत्लाई राष्ट्रिय मान्यतासमेत दिइसकेको छ । साथै कार्यक्रममा मन्त्री श्रेष्ठले अहिले लोकतन्त्र पक्षधर र लोकतन्त्र विरोधी गठबन्धन चुनावी प्रतिस्पर्धामा रहेकाले लोकतन्त्र विरोधी शक्तिलाई परास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : २६ बजे

एअर इन्डिया दुर्घटनामा विद्युतीय त्रुटिको आशङ्का

मुम्बई- गत वर्ष भएको एअर इन्डियाको भीषण विमान दुर्घटनाबारे पुनः

देशभर सरकारविरोधी प्रदर्शन चर्किँदै

काठमाडौं– सुकुम्वासी तथा सार्वजनिक जग्गामा बसोबास् गर्दै आएकाहरूले देशभर सरकार

दुई पत्रकारलाई दयाशङ्कर पत्रकारिता सम्मान

गण्डकी- राष्ट्रिय समाचार समिति (रासस)का वरिष्ठ सम्पादक सूर्यचन्द्र बस्नेत र

यात्रुको सुरक्षा सुनिश्चित गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा

विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा राखौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विद्यार्थीको रुचिअनुसार पठनपाठनलाई प्राथमिकतामा