बेलायती राजा चार्ल्सले स्वर्गीय महारानीबाट प्राप्त १४ घोडा लिलाम गर्ने « Khabarhub

बेलायती राजा चार्ल्सले स्वर्गीय महारानीबाट प्राप्त १४ घोडा लिलाम गर्ने


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बेलायतका नयाँ राजा चार्ल्स तृतीयले आफ्नो तबेलामा रहेका १४ घोडा बेच्ने भएका छन् । राजा चार्ल्सले आफ्नी आमा स्वर्गीय महारानी एलिजावेथ द्वितीयबाट प्राप्त १४ घोडा बेच्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

बेलायतको राजधानी लण्डनस्थित न्युमार्केटमा रहेको टाटेरसल्स लिलामगृहले महारानीका १४ घोडा लिलाम गर्ने जनाइएको छ । टाटेरसेल्सका प्रवक्ताले यसलाई सामान्य रुपमा लिइएको जनाएका छन् ।

‘उनीहरुले हरेक वर्ष घोडा बेच्ने गर्छन् ।’ टाटेरसेल्सका प्रवक्ता जिम्मी जर्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

पूर्वमहारानी घोडाको सौखिन मानिन्थिन् । उनी घोडादौड प्रतियोगिताहरुमा पनि भाग लिने गरेकी थिइन् । उनी आफैँ पनि घोडसवारीमा पोख्न मानिन्थिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ३७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना