राष्ट्रपतिद्वारा तिहारको शुभकामना सन्देश | Khabarhub Khabarhub

राष्ट्रपतिद्वारा तिहारको शुभकामना सन्देश


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीको महान् चाड तिहार, २०७९ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइ शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका कामना व्यक्त गरेकी छिन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘तिहार पर्वले सम्पूर्ण नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वासका साथ पुनः तिहार पर्व, २०७९ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ पौराणिक, सांस्कृतिक र व्यावहारिक महत्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । त्यसैले तिहारलाई हामी दीपावलीका नामबाट समेत जान्दछौँ । उज्यालो आफैँमा प्रेरणाको बिम्ब हो । दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्ने कामना उनले गरेकी छिन् ।

‘तिहार पर्वले एकातिर प्रकृति, मानव र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्दछ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ’, सन्देशमा भनिएको छ, ‘तिहारका अवसरमा खेलिने देउसी-भैलोको दक्षिणाबाट संकलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको छ ।’

राष्ट्रपति भण्डारीले असल परम्परा र अभ्यासले नेपाली संस्कृतिलाई जोगाउने तर बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने हामीले क्रमशः हटाउँदै जानुपर्नेमा जोड दिएका छन् ।

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीको ठूला चाडमध्ये एक महत्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ ।यमपञ्चकका रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार, कुकुर तिहार, गाई तिहार, गोरु तिहार र भाइ तिहारजस्ता विशिष्ट तिहार समेटिएका छन् ।

यस पर्वको अवसरमा धन र ऐश्वर्यकी देवी लक्ष्मीको पूजा अर्चना गरी दीपावली गर्ने र दिदीबहिनीद्वारा दाजुभाइलाई सप्तरङ्गी टीकाका साथै सयपत्री र मखमली फूलको माला लगाई पूजा गरिनुका साथै देउसी-भैलो खेल्ने परम्परा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ५ : ५३ बजे

नाडा अटो शो आजदेखि, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– अटोमोवाइल्स् एशोसिएशन अफ नेपाल (नाडा) अटो शो–२०२५ आज (मंगलबार)देखि

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ