कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी « Khabarhub

कारगिलमा सिपाहीहरूसँग गीत गाउँदै प्रधानमन्त्री मोदी


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – सैनिक जवानहरूसँग दीपावली मनाउन कारगिल भ्रमणमा रहनुभएका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार ‘वन्दे मातरम्’ राष्ट्रिय गीतका साथ विशेष गायनमा सहभागी भएका छन् ।

एक भिडियोमा जवानहरूले वन्दे मातरम् गीत गाउँदै गर्दा प्रधानमन्त्री ताली बजाउँदै तथा गाउँदै गरेको देखिएका छन् । प्रधानमन्त्री मञ्चको मध्यभागमा उभिनु भएको तथा केही जवान गितार र अन्य बाजा बजाइरहेका देखिन्छन् । प्रधानमन्त्री मोदी कारगिलमा सैनिक जवानहरूसँग दीपावली मनाउन आजै यहाँ आइपुगेका हुन् ।

प्रधानमन्त्रीले विगत केही वर्षदेखि सैनिक जवानसँग चाडपर्व मनाउँदै आएका छन् । उनले सेनाका जवानलाई मिठाई बाँड्नका साथै कारगिल युद्ध स्मारकमा माल्यार्पण गरेका थिए। सन् १९९९ मा पाकिस्तानसँग भएको युद्धमा पाँच सय २७ जना भारतीय सैनिकको मृत्यु भएको थियो । उक्त युद्धमा ज्यान गुमाएका सेनाका जवानप्रति पनि उनले श्रद्धाञ्जली अर्पण गरे।

सशस्त्र बल देशको खम्बा भएको बताए । सिमाना सुरक्षित हुँदा राष्ट्र सुरक्षित हुने तथा अर्थतन्त्र बलियो हुने यथार्थ प्रस्तुत गर्दै प्रधानमन्त्रीले प्रकाशको पर्व दीपावलीले विश्व शान्तिको लागि मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे । साथै उनले सेनाका सकल दर्जामा शुभकामना व्यक्त गरे ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  ८ : ३९ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना