डेङ्गुको उच्च जोखिममा बर्दिबास « Khabarhub

डेङ्गुको उच्च जोखिममा बर्दिबास


७ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जताततै दिवाली (दीपावली, तिहार) पर्वको रमझम बढिरहेका बेला महोत्तरीको बर्दिबास अस्पतालमा भने डेङ्गु सङ्क्रमित भरिभराउ देखिएका छन् । भर्खरै पहिलो साता बित्दै गरेको कात्तिकमा मात्रै २० जना डेङ्गु सङ्क्रमित पाइएका छन् । यसपालि गत साउनदेखि बर्दिबासमा डेङ्गुको सङ्क्रमण देखिन थालेको हो । यो क्रम हालसम्म (अस्पतालको अभिलेखअनुसार कात्तिक ५ गतेसम्म) आइपुग्दा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक सय ४० पुगेको बर्दिबास अस्पतालले जनाएको हो ।

‘यसपालि गत साउनमा पहिलो पटक दुईजनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो, हालसम्म यो सङ्ख्या एक सय ४० पुगेको छ’, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णा महर्जनले भने । यो बर्दिबास अस्पतालको जाँच नतिजाको मात्र सङ्ख्या हो । बर्दिबासमा आधा दर्जनभन्दा बढी निजी अस्पतालमा पनि डेङ्गु जाँच हुँदै आएका छन् ।

अस्पतालमा गत साउनमा २६, भदौमा एक सय २४, असोजमा दुई सय ३९ र जारी कात्तिकको पाँच गतेसम्म ४९ जनाको जाँच गरिएको थियो । जसमा साउनमा दुई, भदौमा २४, असोजमा ९४ र जारी कात्तिकका पाँच दिन २० जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

चाडपर्वमा भीडभाड बढ्ने र सरसफाइमा समुचित ध्यान नपुग्दा डेङ्गु फैलाउने ‘आडेस’ नाउँको लामखुट्टेको वृद्धि भएर सङ्क्रमण बढेको चिकित्सकको भनाइ छ । बर्दिबास नगरक्षेत्र पछिल्ला पाँच वर्षयता डेङ्गुको उच्च जोखिममा रहँदै आएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार  १० : ३९ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु