साउदीमा थप ८३ नेपालीले पाए एक्जिट भिसा, १० दिन भित्रै फर्कनुपर्ने | Khabarhub Khabarhub

साउदीमा थप ८३ नेपालीले पाए एक्जिट भिसा, १० दिन भित्रै फर्कनुपर्ने



दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ८३ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्।

रियाद र दमामबाट पक्रिया थालिएकामध्ये १४९ जनाको भिसा साउदी सरकारले उपलब्ध गराएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नवनाएका वा नवीकरण नगरेका वा हुरूब नलगाएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ।

१० दिन भित्रै साउदी छोडिसक्नुपर्ने 

साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्नेछ।

केही आवेदकहरूको एक्जिट भिसा लागेको ३-४ दिन भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा १० दिनभित्र साउदी छोडी सक्न दूतावासले अनुरोध गरेको छ।

थप जानकारीका लागि दूतावासका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५००० २१४०९ वा ०५४ ७०४ ५२७२ र नेपाली महावाणिज्यदूतावास जेद्दाका सम्बन्धित कर्मचारीलाई मोबाइल नम्बर ०५८२८१७१८८ मा सम्पर्क गर्न सकिनेछ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ०० बजे

बीआरआईबारे प्रधानमन्त्रीको जवाफ- अहिले चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि

ड्रोनबाट यस्तो देखियो ग्वार्कोमा बनिरहेको फ्लाई ओभर (तस्बिरहरू)

काठमाडौं- ललितपुरको ग्वार्कोमा निर्माण भइरहेको फ्लाई ओभर अन्तिम चरणमा पुगेको

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस : हरेक दश मिनेटमा एक महिलाको हत्या 

आज नोभेम्बर २५ अर्थात् आज ४५औं अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य

लिथुआनियामा विमान दुर्घटना, एक जनाको मृत्यु

एजेन्सी – जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी

देउवाले भने- बीआरआईबारे छलफल हुँदैछ, सत्ता गठबन्धनमा खटपट छैन

जनकपुरधाम – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धनमा