कार्यकाल सकिएपछि चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु’ « Khabarhub

कार्यकाल सकिएपछि चिनियाँ राजदूत यान्छीले भनिन्- ‘नेपालमा बसेका याद संगालेर बिदा हुँदैछु’


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी आफूले चार वर्षे कार्यकाल पूरा गरेको बताएकी छन्। उनले मंगलबार सामाजिक सञ्जाल ट्विटरमा स्ट्याटस लेख्दै आफूले थप गरेको एक वर्षे कार्यकाल पूरा गरेको र छिमेकी देशबाट बिदा हुन लागेको बताएकी छन्।

नेपालमा रहँदा आफूप्रति देखाएको माया र सद्भावका लागि उनले सम्पूर्ण नेपालीलाई धन्यवादसमेत दिएकी छन्। सुन्दर देश नेपालमा बस्दा आफूले आनन्द महसुस गरेको उल्लेख गर्दै यान्छीले त्यो अनुभव र माया बोकेर जान लागेको बताएकी छन्।

 

आफ्नो चार वर्षे कार्यकाल पूरा गरी यान्छी बेइजिङ फर्किन लागेकी हुन्। चीन सरकारले राजदूत होउलाई बढुवा गरी दक्षिण पूर्वी एसियाली देशहरूको संगठन आसियान हेर्ने गरी इन्डोनेसियाको राजदूत बनाएको छ।

होउ यान्छी फर्केसँगै नेपालका लागि नयाँ राजदूत कसलाई पठाउने भन्नेबारे चीन सरकारले कुनै निर्णय गरेको छैन। यान्छी सन् २०१८ डिसेम्बरमा नेपालका लागि चिनियाँ राजदूतका रूपमा नेपाल आएकी थिइन्। उनले असोजमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवादेखि राजनीतिक दलका शीर्ष नेताहरूसँग बिदाइ भेट गरेकी थिइन्।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : ११ बजे

प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छ : मुख्यमन्त्री शाह

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको

प्रचण्डको टिप्पणी- गृहमन्त्रीले राजीनामा दिएर राम्रो गरे

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट

ताकम–हिलापोखरी–सोलवाङ सडक स्तरोन्नति सुरु

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने वैकल्पिक सडक स्तरोन्नति

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको

ट्राफिकद्वारा काठमाडौंमा २४ घण्टामा २३ लाख २० हजार राजस्व संकलन

काठमाडौं– काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कडाइ