कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा | Khabarhub Khabarhub

कर्णाली राजमार्ग २० दिनपछि सञ्चालनमा


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – पहिरोका कारण २० दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ। गत असोज १९ गतेदेखि २४ गतेसम्म परेको अविरल वर्षा, बाढी तथा पहिराका कारण अवरुद्ध राजमार्ग सोमबार रातिदेखि पूर्णरूपमा सञ्चालनमा आएको हो।

राजमार्ग कर्णालीवासीका लागि देशका विभिन्न गन्तव्यमा पुग्ने प्रमुख सडकखण्ड हो। राजमार्ग सञ्चालनमा आएपछि कर्णालीवासीले आवतजावतका लागि राहत पाएका छन्।

बाढीपहिराका कारण राजमार्गको करिब ४० किलोमिटर सडक अवरुद्ध भएको थियो। जुम्ला सडक डिभिजनको कार्यक्षेत्र पर्ने दैलेखोला–जुम्लासम्मको एक सय चार किलोमिटरमध्ये ४० किमी सडक पहिराका कारण पूर्णरूपमा अवरुद्ध भएको थियो। अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन जुम्ला र नेपाली सेना निरन्तर खटेको थियो।

सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले अवरुद्ध सडक खुलाउन कार्यालयका एक सयभन्दा बढी जनशक्ति खटिएको बताए। नन्दाबक्स गण जुम्लाको ५० जना टोली राँचुलीमा क्याम्पमै बसेर सडक खुलाउनमा लागिपरेका थिए।

“अपेक्षाभन्दा छिटो सडक खुलाउन सफल भयौँ, यसले तिहारको समयमा कर्णालीवासीलाई राहत भएको छ”, प्रमुख श्रेष्ठले भने। कर्णालीवासीलाई छिटो राहत दिन र सडक खुलाउन कार्यक्षेत्रभन्दा बाहिर कालिकोटमा क्याम्प बस्ने गरी नेपाली सेना पठाएको नन्दाबक्स गणका गणपति रविन थापाले जानकारी दिए।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ११ : १७ बजे

‘भोजपुर प्रतिभा पुरस्कार’बाट शाक्य पुरस्कृत

भोजपुर– प्रत्येक वर्ष प्रदान गरिँदै आएको ‘भोजपुर प्रतिभा पुरस्कार’बाट टक्सार

टुङ्गोमा पुगेन हमास र इजरायलको वार्ता

दोहा – इजरायल र हमासबीच आइतबार भएको वार्ता बिना निष्कर्ष

खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाको बिरुवा वितरण

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ खावाको कृषि पकेट क्षेत्रमा सुन्तलाका

कृषि कर्जालाई सरलीकृत गर्नुपर्नेमा मन्त्री अधिकारीको जोड

काठमाडौ‌– कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत

जिम्बाबेविरुद्ध मल्डरको दोहोरो शतकले बलियो अवस्थामा दक्षिण अफ्रिका

काठमाडौं – विश्व च्याम्पियन दक्षिण अफ्रिकाले जिम्बाबे विरुद्धको पहिलो टेस्टमा