कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील « Khabarhub

कर्णालीका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका सात जिल्लाका तीन सय मतदानस्थल अतिसंवेदनशील मानिएको छ। सुरक्षाका हिसावले कर्णाली प्रदेशका २७६ निर्वाचनस्थल अतिसंवेदनशील रहेको औंल्याइएको छ। ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावलाई लक्षित गरी जिल्लाका निर्वाचन सुरक्षा समितिले अतिसंवेदनशील सूचीमा राखेको हो।

रुकुम पश्चिमका २१ , कालिकोट ७४, डोल्पा २३ , सल्यान ६३, दैलेख ४८, सुर्खेत २० र जाजरकोटका १८ मतदानस्थल अतिसंवेदनशील रहेको जिल्ला निर्वाचन सुरक्षा समितिले जनाएको छ।

जिल्ला निर्वाचन सुरक्षा समितिका अनुसार सात जिल्लाका तीन सय २५ मतदानस्थल संवेदनशील छन्। जसमध्ये, रुकुम पश्चिमका ४३, डोल्पाका २६, सुर्खेतका ६, दैलेखका ६२, सल्यानका तीन, कालिकोटका २८ र जाजरकोटका ४२ वटा मतदानस्थल छन्। प्रदेशभर एक सय ३८ वटा मतदानस्थल भने सामान्य छन्। कर्णालीका अन्य तीन जिल्ला जुम्ला, मुगु र हुम्लामा जानकारी पाउन केही समय लागेको बताएको छ।

कर्णालीमा आगामी निर्वाचनका लागि प्रदेशभर नौ सय ३३ मतदानस्थल र एक हजार चारसय तीन मतदान केन्द्र निर्धारण गरिएको छ। आयोगका अनुसार कर्णालीमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर १० लाख आठ हजार चार सय तीन मतदाता छन्।

कर्णलीमा समानुपातिकतर्फको कालिकोट, मुगु, हुम्ला, जुम्ला र डोल्पामा मात्र मतपत्र पठाउन बाँकी रहेको निर्वाचन आयोगले जानकारी दिएको छ। अन्य ६ जिल्लामा समानुपातिकको मतपत्र पुगिसकेको छ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १२ : ४३ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग