गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल « Khabarhub

गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धयाउने : वरिष्ठ उपाध्यक्ष पोखरेल


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता गठबन्धनको एकमात्रै उद्देश्य एमाले सिद्धाउने मात्रै रहेको बताएका छन् । मंगलबार उपाध्यक्ष पोखरेलले गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य नरहेको र एमाले सिद्धयाउन मात्रै ध्यान केन्द्रित रहेको बताएका हुन् ।

 एमालेको उद्देश्य राजनीतिक स्थायित्व, मुलुकको विकास र हित मात्रै रहेकाले जनताले विश्वास गर्ने उनको भनाई छ । नीतिसहित, सिद्धान्तहीनअस्थिरता सिर्जना गर्नेलाई पाखा लगाएर मुलुकलाई विकासको बाटोमा अघि बढाउनुपर्ने पोखरेलले बताए । त्यस्तै पोखरेलले तिहार लगतै एमालेले पार्टीको घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिए ।

 घोषणापत्रमा यसअघि एमाले सरकारले गरेका काम र भावी योजनाहरू तालिकाबद्ध रुपमा आउने उनले बताए । अहिले पनि मुलुकको राजनीतिलाई प्रदुषित गर्ने आपराधिक धन्दा चलिरहेको भन्दै पोखरेलले त्यसले सिर्जना गरेका भ्रमहरूलाई एमालेले चिर्ने जिकिर गरे ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : १४ बजे

अष्ट्रेलियामा पाँच हजार लिटिल पेन्गुइनलाई बर्ड फ्लुविरुद्ध खोप लगाइँदै

मेलबर्न- अष्ट्रेलियाको भिक्टोरिया राज्यमा एच–५ एन–१ बर्ड फ्लुको जोखिमबाट लिटिल पेन्गुइनलाई

२६ सय तल झर्यो नेप्से

काठमाडौं– साताको पहिलो दिनको सेयर कारोबारसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

सरकारलाई मनिष झाले भने : गरिबको मात्रै घरटहरा नभत्काइयोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले जनकपुरधाममा सार्वजनिक जग्गा

ऐन महरले भने- ठक्कर दिई ब्याक गरी किचेर मार्नेलाई कडा कारबाही गरियोस् 

काठमाडौं– नेकपा (एमाले) का सांसद ऐन बहादुर महरले कैलालीको अत्तरियामा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

महेन्द्रनगर– मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।