दमौलीमा कस्मेटिक पसलमा आगलागी « Khabarhub

दमौलीमा कस्मेटिक पसलमा आगलागी


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको सदरमुकाम दमौली न्युरोडस्थित न्यान्सी कस्मेटिक पसलमा सोमबार राति आगलागी भएको छ । व्यास नगरपालिका–१ भादगाउँ निवासी मनिषा कुमालले सञ्चालन गरेको उक्त पसलमा विद्युत् सर्ट भई आगलागी भएको अनुमान गरिएको छ ।

उक्त पसल केही महिनाअघि ६३ लाखमा खरिद गरेको पसल सञ्चालक कुमालले जानकारी दिए । पसल किनेपछि पनि सामान थप गरिएकाले करिब ७० लाखको क्षति भएको उनको दाबी छ । 

आगलागीका कारण कस्मेटिकका सामान तथा टाँसीलगायतका सामान जलेर क्षति भएको प्रहरीले जनाएको छ । दमकल आउन ढिलाइ भएकाले बढी क्षति हुन गएको घटनास्थलमा सहभागीले बताएका थिए । स्थानीयवासी, नेपाल प्रहरी, नगरप्रहरीसहितको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । 

आगलागीका कारण कति क्षति भयो भन्नेबारे पीडित व्यक्तिले प्रहरीमा कुनै जाहेरी नदिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  १ : ३४ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका