‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’ « Khabarhub

‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।

चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए ।

प्रजिअ उपाध्यायले भने, ‘कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।’तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कात्तिक ४ गते जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु-खेलाउन जानकारी गराएको थियो । ‘देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो नागरिकबाट माग भएबमोजिम राति १० बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ’, प्रजिअ उपाध्यायले भने ।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको छ । काठमाडौँ प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ ।

यस अवसरमा सार्वजनिकस्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

‘पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न-नगराउन सबैमा अनुरोध गरेको छ । यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : २३ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने