‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’ « Khabarhub

‘उपत्यकाको सुरक्षा मजबुत पारिएको छ’


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय काठमाडौँले दीपावली, नेपाल संवत् र छठपर्वको अवसरमा राजधानी उपत्यकाको सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको जनाएको छ ।

चाडपर्वका समयमा हुनसक्ने सम्भावित घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाइएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । उनले चाडपर्व लक्षित सुरक्षा योजना उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयबाट पूर्णरूपमा कार्यान्वयन भइरहेको बताए ।

प्रजिअ उपाध्यायले भने, ‘कुनैपनि विपद्जन्य घटना केही पनि छैन, उच्च सुरक्षा सतर्कतासहित चाडपर्व सुरक्षा योजना कार्यान्वयन भइरहेको छ ।’तिहारमा राति १० बजेसम्म देउसीभैलो खेल्न पाइने भएको छ । राति १० बजेसम्म देउसीभैलो खेल्ने गरी सुरक्षा प्रबन्ध गरिएको प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार देउसीभैलो खेल्नका लागि यसअघि राति ९ः०० बजेसम्म तोकिएकामा नागरिकको मागबमोजिम थप एक घण्टा अर्थात् राति १० बजेसम्म कायम गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कात्तिक ४ गते जरुरी सूचना जारी गर्दै देउसीभैलो राति ९ बजेसम्म मात्र खेल्नु-खेलाउन जानकारी गराएको थियो । ‘देउसीभैलो खेल्न ९ बजेसम्म तोकिएको थियो नागरिकबाट माग भएबमोजिम राति १० बजेसम्म खेल्न दिने निर्णय गरिएको छ, सोहीअनुरुपको सुरक्षा प्रबन्ध मिलाइएको छ’, प्रजिअ उपाध्यायले भने ।

प्रशासनले जुवातासजन्य गतिविधि नियन्त्रणमै रहेको जनाएको छ । त्यस्ता गतिविधिलाई नियन्त्रण र निरुत्साहित गर्न प्रशासन सक्रिय ढङ्गले लागेको छ । काठमाडौँ प्रशासनले दीपावली, नेपाल संवत् र छठपर्व प्रचलित परम्पराअनुसार सामाजिक एवं सांस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानुनको पालना गर्दै मनाउन सबैमा जरुरी सूचनामार्फत अनुरोध गरेको छ ।

यस अवसरमा सार्वजनिकस्थलमा मादक पदार्थ सेवन नगरी सुरक्षित र मर्यादित तवरले मनाउन, दीपावलीको अवसरमा बिजुली एवं मैनबत्तीजस्ता सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न पनि प्रशासनले आग्रह गरेको छ ।

‘पटका, आतिसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न-नगराउन सबैमा अनुरोध गरेको छ । यो सूचनाको पालना नगरेमा कानुनबमोजिम कारबाही हुने जानकारी गराइन्छ’, सूचनामा भनिएको छ ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ३ : २३ बजे

मालपोत कार्यालयको नाम फेरियो

काठमाडौं- सरकारले मालपोत कार्यालयको नाम परिवर्तन गरेर भूमि प्रशासन कार्यालय

मुख्यमन्त्री बानियाँमाथि निष्पक्ष छानबिनको कांग्रेसको माग

पाटन– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि

गुल्शन झा एक्लैले ५ विकेट लिएपछि ओमनविरुद्ध नेपाल ८१ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत मंगलबारको खेलमा नेपाल

शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले दिएन अनुमति

काठमाडौं– व्यवसायी शेखर गोल्छालाई हिरासतमा राख्न अदालतले अस्वीकार गरेको छ

राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी भए पदमुक्त

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्का ४४ जना पदाधिकारी पदमुक्त भएका छन्