म्यान्मारमा सेनाले साँस्कृतिक कार्यक्रममा आक्रमण गर्दा ८० जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सेनाले साँस्कृतिक कार्यक्रममा आक्रमण गर्दा ८० जनाको मृत्यु


८ कार्तिक २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– म्यान्मारको सेनाले गरेको हवाई आक्रमणमा ८० जनाको मृत्यु भएको छ । मुलुकको उत्तरी भूभागमा सेनाले गरेको हवाई आक्रमणमा अरु १ सय जना घाइते भएको एपीले जनाएको छ ।

उत्तरी म्यान्मारको कचिन राज्यमा सेनाको हवाईजहाजले बम खसालेको स्थानीयहरुले जनाएका छन् । कचिन राज्यमा सक्रिय कचिन इण्डिपेन्डेन्ट आर्मी नामक लडाकु समूहले जनाएअनुसार उक्त समूहले कान्सी गाउँमा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलाई लक्षित गरी बम हमला भएको हो ।

सो कार्यक्रमलाई लक्षित गरी सेनाले ३ वटा बम खसालेको जनाइएको छ । राज्यमा स्वायत्तताका लागि जारी अभियानको ६२ औँ वार्षिकोत्सवको अवसरमा उक्त साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो ।

सेनाको आक्रमणमा मारिनेमा केही कचिन गायकहरु समेत रहेको जनाइएको छ ।

बीबीसीका अनुसार घाइतेलाई उपचारका लागि नजिकैको ह्पकान्त सहरको अस्पतालमा लैजान खोज्ने मानिसहरुलाई सेनाले बाटैमा रोकेको समेत स्थानीयहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलबार  ५ : ०५ बजे

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर

ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विगत केही दिनमा गरेका