देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने « Khabarhub

देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा खर्च गरिने


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


489
Shares
  • change font
  • change font
  • change font

कैलाली – हिन्दूहरुको दोस्रो महान् पर्व तिहार यति बेला तपाई हाम्रो घर आँगनमा भित्री सकेको छ । तिहार भन्ने बित्तिकै दाजु भाइ र दीदी बहिनीको सम्बन्धलाई बलियो बनाउने र दिदी बहिनीले दाजुभाइको दीर्घायूको कामना गर्ने पर्व हो । तिहारमा खेलिने देउसी भैलोबाट सङ्कलित रकम सामाजिक काममा लगाउन सके राम्रो हुने नागरिकको सुझाव छ ।

कैलालीको टीकापुरमा मन्दिर निर्माणका लागि देउसी भैलो खेल्न थालिएको छ । टीकापुरमा निर्माणाधीन अवस्थामा रहेको बैंकटेश्वर लक्ष्मी नारायण मन्दिर निर्माणका लागि १५ जनाले टोली बनाएर देउसी भैलो खेल्न थालेका छन् । “हामी आफैँ मिलेर मन्दिर निर्माण गरिरहेका छौँ । मन्दिर निर्माणमा सहयोग हुनुका साथै पर्व र संस्कृतिको समेत जगेर्ना हुन्छ”, मन्दिर निर्माण समितिका सचिव रत्नप्रसाद पोख्रेलले भने, “देउसी भैलोमा बच्चादेखि वृद्धसम्म सहभागी छौँ । उठेको सबै रकम मन्दिर निर्माणमा खर्च गर्छौँ ।”

टीकापुरका नरेश जैसीको समूहले पनि देउसी भैलो खेलिरहेको छ । उनीहरु पनि टोलमा प्रतीक्षालय बनाउनका लागि भैलो खेल्न थालेको बताउँछन् । “टोलमा बर पिपलका रुख छन्, गर्मीमा शीतल हुन्छ, टोलमा सल्लाह गर्‍यौँ”, नरेशले भने, “सबैले देउसी भैलो खेलौँ, उठेको रकमले बनाउला भन्यौँ, टोलमै खेलिरहेका छौँ, प्रतीक्षालय बनाउने भनेपछि छिमेकीले पनि दिल खोलेर दान गरिरहेका छन् ।”

खप्तड सांस्कृतिक परिवारका पूर्वअध्यक्ष नवराज रिमाल समाजले हरेक वर्ष देउसी भैलो खेल्ने गरेको बताउँछन् । “हामी हरेक वर्ष खेल्छौँ, यसरी खेलेर सङ्कलन भएको रकम संस्थाको विकास र सांस्कृतिक विकासमा खर्च गर्ने गरेका छौँ”, उनी भन्छन्, “हामी वनभोज खानका लागि कहिल्यै खेल्दैनौँ, सधैँ रकमको सदुपयोग गर्छौँ ।” रिमाल पर्वले पनि समाजमा सभ्यता र संस्कृति सिकाउनुका साथै विकास भित्र्याउनुपर्नेमा जोड दिन्छन् ।

समूह बनाएर खेलिने देउसी भैलोबाट सङ्कलित रकम कतिपय समूहले सामाजिक कार्यमा लगाउँछन् भने कतिपयले खानपान गर्ने, कतिपयले रकम बाँडफाँट गर्ने चलन छ । जानकी गाउँपालिकाका बिर्ख कुँवरको समूहले देउसीभैलो खेलेर समूहका लागि आवश्यक भाँडाकुँडा खरिद गरेको छ ।

“विगत दुई वर्ष खेल्यौँ, त्यसबाट उठेको रकमले समूहका लागि आवश्यक भाडाकुँडा किन्यौँ, ती भाँडाकुँडा समूहका सदस्यका घरमा भोजभतेर हुँदा न्यूनतम भाडामा दिन्छौँ”, उनले भने, “भाडामा दिँदा समूहलाई आम्दानी हुन्छ । आम्दानी समूहका सबै सदस्यलाई भाग पर्छ ।” कुँवरको सिर्जना वचत समूहमा मासिक वचतसमेत गर्ने गरिएको छ ।

जानकी गाउँपालिकाका रतन परियार र उहाँका साथीहरु समेत मिलेर देउसी भैलो खेल्दैछन् । उनीहरुको यसरी सङ्कलित रकम खर्च गरेर वनभोज खाने योजना छ । “अपुग रकम थपेर नयाँ ठाउँ घुम्ने योजना छ । यसबाट पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ”, उनी भन्छन्, “पर्वमा नाचगान गर्दा रमाइलो पनि हुन्छ, अनि पछि घुम्न पनि पाइयो ।”

देउसी भैलो खेल्दा विगतमा मादल बजाउँदै, नाचगान गर्दै सामाजिक परिवेशअनुसारका कुरा गर्दै गाउने र खेल्ने गरिन्थ्यो । पछिल्लो समय बाजागाजा बजाएर, युटुबमा भएका गीत बजाए्र नाच्ने गरिन्छ । यसले मौलिकता हराएको धार्मिक अगुवाको गुनासो छ ।

सनातन संस्कृति प्रतिष्ठान नेपालका अध्यक्ष नारायणप्रसाद तिमिल्सिना तिहार धार्मिक, सांस्कृतिक र सामाजिक पुनर्मिलन गराउने पर्वको भएकाले यसको विशिष्ट महत्व रहेको बताउँछन् । “काग तिहार, लक्ष्मीपूजा, गाई तिहार, गोवद्र्धन पूजा हुँदै भाइटीका गरी मनाइने यस पर्वले नेपालको सांस्कृतिक पक्ष र धार्मिक अन्तरसम्बन्धलाई थप मजबुत बनाउँछ”, उनी भन्छन्, “तिहारलाई सामाजिक कोणबाट दिदीबहिनी र दाजुभाइबीच सद्भाव र पारस्पारिक मिलनको रुपमा लिइन्छ । तिहारमा सबै जम्मा हुने र देउसी भैलो खेल्ने परम्परा छ । यसले सामाजिक र सांस्कृतिक पाटो बलियो बनाउँछ ।”

प्रतिष्ठानका अध्यक्ष तिमिल्सिना देउसी भैलोमा देखिएको विकृति रोक्न आवश्यक रहेकामा जोड दिए । “देउसी भैलोको मौलिकस्वरुप रमाइलो र सम्मानजनक छ । पछिल्लो समय यसमा विकृति आएको छ । यसलाई धार्मिक र सामाजिकरुपले निस्तेज गर्नुपर्छ”, तिमिल्सिना भन्छन्, “मौलिकस्वरुप जोगाउनुपर्छ । नयाँ बनाउने बहानामा संस्कृतिमाथिको छाडापनलाई नियनत्रण गर्नुपर्छ ।”

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १० : २३ बजे

अस्ट्रेलिया–भारतबीच युरेनियम आपूर्ति सम्झौता, स्वच्छ ऊर्जा सहकार्यलाई नयाँ गति

मेलबर्न- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अष्ट्रेलिया भ्रमणका क्रममा अष्ट्रेलिया र भारतबीच

‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ विजेता प्रोटोन ई.एमएएस-५ अब नेपालमा

काठमाडौं– नेपालको विद्युतीय सवारी बजारमा प्रोटोन विजेता ई.एमएएस-५ नेपालमा छिट्टै

चीनमा विनाशकारी बाढी : ३९ जनाको मृत्यु, नौ जना बेपत्ता

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान

प्रतिनिधिसभा : विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र शान्ति सुरक्षालाई सुदृढ बनाउन माग

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरूले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा प्रवाह र

हर्मुजमा फेरि अमेरिका–इरान भिडन्त, क्षेत्रीय सुरक्षा चिन्तित

तेहरान– रणनीतिक महत्त्वको हर्मुज जलघाँटीलाई केन्द्र बनाएर अमेरिका र इरानबीच