चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

चितवनमा निजीस्तरको क्यान्सर अस्पताल सञ्चालनमा


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन – जिल्लामा निजीस्तरको पहिलो क्यान्सर अस्पताल सञ्चालनमा आएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले भगिनी संस्थाको रुपमा सिएमसी क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको हो ।

अस्पताल परिसरमा छुट्टै भवन निर्माण गरी एक सय शय्याको इन्स्टिच्युट स्थापना गरिएको हो । इन्स्टिच्युटमा क्यान्सरका बहिरङ्ग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा सुरु गरिएको छ । अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेका अनुसार सेवा सुरु गरिएको भए पनि औपचारिक उद्घाटन मङ्सिरमा गरिने छ ।

अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण अस्पतालमा ल्याएर जडान गरिएको डा न्यौपानेले जानकारी दिए । उपकरणमा मात्रै रु एक अर्ब २७ करोड बढी खर्च भइसकेको उनले बताए । दैनिक एक सय जनासम्मलाई रेडियसन सेवा दिन सकिने गरी रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरिएको छ ।

क्यान्सर उपचारकै लागि अस्पतालले छ तले भवन निर्माण गरेको छ । इन्ष्टिच्युटका रेडियसन अङ्कोलोजिष्ट डा सुवास ठाकुरले टाउकोभित्रको ट्युमरलाई बिना शल्यक्रिया उपचार गर्ने प्रविधि पनि ल्याएको बताए । उनका अनुसार ब्रेकी थेरापीमार्फत शरीरभित्र उपकरण राखेर रेडियो एक्टिभ सोर्स प्रयोग गरेर क्यान्सर कोष मार्ने प्रविधि पनि इन्ष्टिच्युटमा ल्याइएको छ । पाठेघरको क्यान्सरमा यो प्रविधिको उपचार बढी हुने गर्दछ ।

जिल्लामा ल्याइएका क्यान्सरका बिरामीलाई अन्यत्र जान नपर्ने गरी सेवा दिइने प्रबन्ध निर्देशक न्यौपानेले बताए । उनले क्यान्सरका ५० प्रतिशतभन्दा बढी बिरामी उपचारका लागि भारत जाने गरेको भन्दै अस्पतालमा भारत, अमेरिका र चीनमा काम गरिरहेकासमेत १६ क्यान्सरका विशेषज्ञ चिकित्सक रहने जानकारी दिए ।

रेडियसनसँगै ब्राकी थेरापी, स्पेक्ट सिटी स्क्यान, बोनम्यारो प्रत्यारोपण, रक्त क्यान्सरको उपचार, बाल क्यान्सरको उपचारसहित सबै खालका क्यान्सरको उपचारका लागि उपकरण खरिद गरिएको उनको भनाइ छ । अन्य उपकरण र भौतिक पूर्वाधारमा गरी रु दुई अर्बभन्दा बढी खर्च लगानी हुने अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले बताए ।

नेपालका मेडिकल कलेजमा धेरै बिरामी परीक्षण गर्ने मध्येमा यो मेडिकल कलेज पर्दछ । देवकोटाले क्यान्सर इन्स्टिच्युट सञ्चालनमा आएसँगै नेपालका बिरामी विदेश जान नपर्ने बताए । भारतीय बिरामी समेतलाई सेवा दिन सकिने उनले बताए । उनले भने, “हामी विदेश जान बाध्य बिरामीलाई यही त्योभन्दा राम्रो सेवा दिन सक्ने गरी व्यवस्थापन गर्दैछौँ ।”

जिल्लामा सरकारीस्तरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालनमा छ । बिरामी चापका कारणले रेडिएसन, केमोथेरापीलगायतका सेवा लिन पालो कुर्नुपर्ने बाध्यता छ । समयमा पालो नआउँदा बिरामी भारत जान बाध्य छन् । निजीस्तरको अस्पताल सञ्चालनमा आएसँगै ती बिरामीलाई सहज हुनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ११ : ३९ बजे

सप्तकोशीमा बेपत्ता एक सुरक्षाकर्मीको शव भेटियो

इटहरी – विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

सर्पदंशबाट बर्सेनि २० हजार प्रभावित, एन्टिभेनममा भारतकै भर

नेपालमा सर्पदंश ठूलो जनस्वास्थ्यको समस्याका रुपमा रहेको छ। नेपालको तराई

उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्यौट

कर्णाली– उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१-८२ को जेठ

सप्तकोशिमा बेपत्ता गोताखोरको खोजी कार्य सुरु

पोखरा– कोशी बराजस्थित सप्तकोशी नदीमा अभ्यासमा रहेका बेपत्ता गोताखोरको खोजी