‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बालेन « Khabarhub

‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा बालेन


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले वरिष्ठ अभिनेता हरिवंश आचार्यको घरमा देउसी खेलेका छन् । उनी फिल्म ‘महापुरूष’ ले आयोजना गरेको देउसीभैलो कार्यक्रममा नजिकका साथीहरूसँग अभिनेता आचार्यको निवासमा पुगेका थिए । 

उनले त्यहाँ आफू मेयरभन्दा पनि साथीभाइ बनेर देउसी खेल्न आएको बताए । र्यापर बालेनले लोकभाकामा भट्याउँदै गर्दा अभिनेता आचार्यसहित फिल्मका निर्माता म्याक्स दिपेश खत्री, निर्देशक प्रदीप भट्टराई, कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ, कलाकार अरुण क्षेत्रीसहितको टोली छमछमी नाचेका थिए। 

सामाजिक कार्यका लागि फेसबुकमा खोलिएको मेन्ज रूम रिलोडेड (एमआरआर) ग्रुपसँग जोडिएका केही सदस्यहरूसँगै सामाजिक अभियन्ताहरू देउसी खेल्न अभिनेता आचार्यको निवासमा पुगेका थिए । अभिनेता आचार्यकहाँ देउसी खेल्ने योजना बनेको थाहा पाएपछि आफू सहभागी भएको बालेनले बताए । आफ्नो प्रांगणमा देउसी खेल्न आइपुगेका युवाहरूलाई स्वागत गर्दै कला संस्कृतिको प्रवर्द्धन गर्न अभिनेता आचार्यले सुझाए । ‘हाम्रो कला, संस्कृतिलाई युवाले आउँदो पुस्तासम्म पुर्याउनुपर्छ । उहाँहरू देउसी खेल्न आउनु भयो । खुसी लागेको छ,’ अभिनेता आचार्यले भने । 

देउसीमा अभिनेता आचार्य र मेयर साह देउसी भट्ट्याउँदै नाचेका थिए । साथीभाइहरू मिलेर एकछिन रमाइलो गरिएको कार्यकारी निर्माता बानियाँले जानकारी दिए । ‘हामीले हाम्रो कला, संस्कृतिलाई महापुरूष हरिदाइको प्रांगणमा उत्सवको रुपमा मनायौँ । हाम्रो संस्कृतिले हामीलाई एकत्रितसँगै एकताबद्ध गराउने गरेको छ,’ कार्यकारी निर्माता बानियाँले भने । 

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  १२ : ३७ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग