पेन्ट्स उद्योगमा मापदण्ड विपरीत बढी लेड « Khabarhub

पेन्ट्स उद्योगमा मापदण्ड विपरीत बढी लेड


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

पोखरिया– वीरगञ्जका ‘पेन्ट्स’ उद्योगमा मापदण्ड विपरीत बढी लेड (सिसाको कण) प्रयोग भएको पाइएको छ ।  जनस्वास्थ्य तथा वातावरण केन्द्र (सिफेड) ले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा र सूचना तथा सञ्चार केन्द्रको सहयोग तथा सूर्योदय युवा क्लबको सहकार्यमा यहाँ सुरु गरिएको गोष्ठीका क्रममा गरिएको परीक्षणमा वीरगञ्जमा विभिन्न रङ उद्योगमा मापदण्ड विपरीत बढी (लेड) रसायनको प्रयोग भएको पाइएको हो । गोष्ठी कात्तिक ६ देखि १२ सम्म सञ्चालन हुनेछ । 

जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र, (सिफेड) काठमाडौँले मधेश प्रदेश अन्तर्गतको वीरगञ्ज औद्योगिक करिडोरमा हालै सम्पन्न गरेको एक सर्वेक्षणमा उक्त तथ्य पत्ता लगाएको हो । उद्योग विभागका अनुसार एक सय ३० वटा पेन्ट्स उद्योग दर्ता भएकोमा करिब ४० वटा उद्योगको उत्पादन मात्रै बजारमा भेटिएको जनस्वास्थ्य तथा वातावरण प्रवर्द्धन केन्द्र काठमाडौँका कार्यकारी निर्देशक एवम् वातावरण वैज्ञानिक राम चरित्र साहले जानकारी दिए । मधेश प्रदेश अन्तर्गत बारा र पर्सामा सञ्चालित औद्योगिक करिडोरमा सञ्चालित उद्योगबाट लिइएका १४ वटा नमूनामध्ये १२ वटा नमूनामा अत्यधिक लेड प्रयोग भएको पाइएको साहको भनाइ छ ।

पेन्ट्समा अत्यधिक लेड प्रयोग गरिएका कारण उक्त क्षेत्र आसपासमा रहेका ५० जना बालबालिकामा गरिएको परीक्षणमा लेड (सिसाको कण) पाइएको साहको भनाइ छ । विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यमा असर पार्ने १० वटा रसायनमध्ये सिसाको कणलाई एक प्रमुख रसायनको रुपमा पहिचान गरेको छ । यसको सम्पर्कबाट विश्वमा वर्षेनी दश लाख मानिसको मृत्यु हुने गरेको तथ्यांक छ । 

वीरगञ्जका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर शैलेश ठाकुरले पेन्ट्स, चकलेट लगायत अन्य सामग्रीमा पाइने सिसायुक्त कणका कारण मानिस र खासगरी गर्भवती र बालबालिकाको कलेजो, र मृगौलामा असर पार्ने गरेको बताए। बालबालिकाको शरीर कमजोर हुने भएकाले सिसाको कण शरीरमा प्रवेश गरेपछि दीर्घकालीन रोग निम्त्याउने भएकाले यसको नियन्त्रण हुन आवश्यक भएको साहको भनाइ छ । 

सरकारले २०७१ साल पुस ७ गते प्राणघातक रसायन लेड (सिसायुक्त) सम्बन्धी मापदण्ड बनाई राजपत्रमा प्रकाशित गरेको थियो । तर, उक्त मापदण्ड सार्वजनिक भएको यतिका समय बित्दा पनि बिक्री वितरणमा रहेका इनामेल र पेन्ट्समा मापदण्ड विपरीत बढी रसायन पाइएको छ । 

यसको न्यूनिकरणका लागि ऐन, कानून, नीति, नियमावली र निर्देशिकाहरुमा लेड पेन्टसम्बन्धी मापदण्डको उचित समायोजन गर्ने / गराउनुका साथै पेन्टमा तोकिएको लेडको मापदण्डअनुसार लेडको अधिकतम मात्रा ९० पिपिएम हुनुपर्ने, बट्टामा लेडको मात्रा र व्यवसायजन्य सुरक्षासम्बन्धी साबधानीमूलक सन्देश अनिवार्य उल्लेख गर्नुपर्ने प्रावधानहरूको पूर्ण परिपालनामा जोड दिनुपर्ने जानकारहरूको भनाइ छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : ३२ बजे

एमालेले भन्यो- गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ

काठमाडौं– नेकपा एमालेका सांसद भूमिका लिम्बु सुव्वाले गणेश नेपालीको मृत्युको

आज पनि देशमा नागरिकहरूसँग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ : पूर्व गृहमन्त्री अर्याल

काठमाडौं– पूर्व गृहमन्त्री ओमप्रकाश अर्यालले अहिले पनि देशमा नागरिकसँग सहकार्य

प्रधानमन्त्रीलाई कांग्रेस प्रश्न– मेयर हुँदा लेखेको स्टाटस आज सम्झिनुभएको छ कि बिर्सिनुभयो ?

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले राज्य आतङ्कका कारण

सरकारविरुद्ध सडकमा उत्रिए युवा, वीर हस्पिटलतर्फ जाँदै गर्दा भद्रकालीमा रोकियो

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघरमा प्रदर्शन भएको

एक वर्षमा १० भारतीयसहित १६ जनाको लेक लागेर मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०८२-०८३ को एक