बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु | Khabarhub Khabarhub

बंगलादेशमा आएको सितरंग आँधीका कारण २४ जनाको मृत्यु


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेशमा आएको सितरंग नामक आँधीबाट २४ जनाको मृत्यु भएको छ । बंगालको खाडीमा उत्पन्न सितरंग आँधीले तटीय क्षेत्रमा हावाहुरीसँगै भारी वर्षा गराएपछि उनीहरुको मृत्यु भएको हो ।

आँधीका कारण ८० लाख मानिसहरुमाझ विद्युतको आपूर्ति ठप्प भएको छ । बंगलादेश सरकारका अनुसार आँधीले १० हजार घरमा क्षति पुगेको छ भने ६ हजार हेक्टरमा लगाइएका अन्नबाली पनि नष्ट भएको छ ।

आँधीले बंगलादेशको दक्षिणी एवम् दक्षिण–पश्चिमी क्षेत्रलाई प्रभावित बनाएको जनाइएको छ । अधिकांश मृतक ढलेको रुखले किचेर र भत्केको घरको भग्नावशेषमा पुरिएर मारिएको बंगलादेशका सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशको युनाइटेड न्युज अफ बंगलादेश नामक समाचार संस्थाका अनुसार आँधीबाट आएका बाढीका कारण मुलुकको दक्षिणी भोला जिल्लामा २० हजार मानिसहरु फँसेका छन् ।

अधिकारीहरुले आँधीबाट जोगाउन लाखौँ मानिसहरुलाई सुरक्षित स्थानमा सारिएको जनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : १० बजे

भारतबाट १६ बालबालिकाको उद्धार

जनकपुरधाम- भारतका विभिन्न स्थानबाट १६ बालबालिकाको उद्धार गरिएको छ। उनीहरूलाई

मुस्ताङमा हिमपातपछि निरन्तर वर्षा, जनजिवन प्रभावित

मुस्ताङ – मङ्गलबारको हिमपातपछि हिमाली जिल्ला मुस्ताङमा निरन्तर वर्षा भइरहेको

आन्दोलनमा आगजनी र लुटपाटमा संलग्न व्यक्ति गोलीसहित पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर भक्तपुरले १६ थान (जङ्गी राउन्ड) एसएलआरको

निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुन्छ भन्ने धारणा आएको छः प्रवक्ता महत

ललितपुर – नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा