कर्णालीमा बागीका कारण गठबन्धनभित्र तनाव « Khabarhub

कर्णालीमा बागीका कारण गठबन्धनभित्र तनाव


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारका कारण सत्तागठबन्धनभित्र समस्या उत्पन्न भएको छ । जसकारण नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले एकले अर्काको निगरानी बढाएका छन् । नेताहरुले गठबन्धनका उम्मेदवारलाई भोट हाल्न र गठबन्धनभित्र रहेका दलका कार्यकर्ताको निगरानी गर्न सर्कुलर गरिएको छ । ठाउँठाउँमा बागी उम्मेदवार भएपछि दलहरूले निगरानी गर्न थालेका हुन् ।

कर्णाली प्रदेशमा १६ जना स्वतन्त्र उम्मेदवार छन् । कर्णालीका जुम्ला र कालिकोटमा माओवादी उम्मेदवारविरुद्ध पार्टीकै बागी उम्मेदवार उठेका छन् । माओवादी उम्मेदवारविरुद्ध कांग्रेसको समेत बागी रहेको छ । रुकुम पश्चिममा अर्थमन्त्री जनार्दन शर्माविरुद्ध कांग्रेसका तारक केसीले बागी हालेका छन् । कालिकोटमा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध काशीचन्द्र बरालले बगी उम्मेदवारी दिएका छन् । 

जुम्लामा गोमा कुँवरविरुद्ध माओवादीकै कलबहादुर रोकायले उम्मेदवारी दिएका छन् । सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार बिन्दमान बिष्टविरुद्ध एकीकृत समाजवादीका मोहनसिंह बडुवालले बगी हालेका छन् । हुम्ला (क) मा माओवादी उम्मेदवार रणसिंह परियारविरुद्ध हस्तबहादुर शाही र कांग्रेसका मंगल शाहीले बागी हालेका छन् ।

 सुर्खेत १ (ख) मा कृष्ण जीसीबिरुद्ध कांग्रेसका देवबहादुर चन्द र जनमोर्चाका मोहन थापाले बागी दिएका छन् । मुगु (ख) मा माओवादी उम्मेदवार मंगल शाहीविरुद्ध जगत धामीले बागी उम्मेदवारी दिएका छन् ।

कर्णालीमा एकीकृत समाजवादीका उम्मेदवारविरुद्ध पनि बागी छन् । सल्यानमा प्रकाश ज्वालाकविरुद्ध कांग्रेसका रविन्द्रबहादुर शाहले बागी हालेका छन् । कर्णाली प्रदेश सभापति ललितजंग शाही उम्मेदवार रहेको जुम्ला (क) मा महाधिवेशन प्रतिनिधि देवेन्द्र शाही बागी छन् । उनी ०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट जुम्लामा प्रतिनिधिसभा उम्मेदवार थिए । 

बागीहरूले घेरिएपछि आधिकारिक उम्मेदवार पक्षमा जनमत सिर्जना गर्न सत्तागठबन्धनभित्र एकले अर्काको निगरानी थालेका हुन् । प्रदेशस्तरमा निर्वाचन परिचालन अनुगमन समितिसमेत गठन गरिएको छ । माओवादीका प्रदेश अध्यक्ष विमला केसीको नेतृत्वमा नौ सदस्यीय कमिटी गठन गरिएको छ । समितिमा कांग्रेसका महामन्त्री कृष्ण रोकाय, निरञ्जन केसी, समाजवादीका ठगेन्द्रप्रकाश पुरी, कृष्णबहादुर बिसी, माओवादीका प्रदेश सचिव धनजितबहादुर शाही, राष्ट्रिय जनमोर्चामा पूर्णबहादुर शाही छन्।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  २ : २० बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,