युनाइटेडविरुद्ध पीएसजीका काभानी नखेल्ने « Khabarhub

युनाइटेडविरुद्ध पीएसजीका काभानी नखेल्ने


२९ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – च्याम्पियन्स लिगमा अन्तिम—१६ को पहिलो लेगमा इग्लीस क्लब म्यानचेस्टर युनाइटेडसँग भिड्न लागेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का मुख्य प्रशिक्षक थोमस टुचेलले कम्तिमा एक अंक खोस्ने बताएका छन् ।

२ स्टार खेलाडी मैदान बाहिर रहनेभएपछि बीबीसीसँगको संम्बादमा प्रशिक्षकले युनाइटेडसँग अंक खोस्ने तयारी भइरहेको बताए । खुट्टाको पौतालामा चोट भोगेका नेयमार १० हप्ताका लागि मैदान बाहिर रहने यसअघि नै पक्का भइसकेको छ ।

त्योसँगै, इडिन्सन काभानी पनि युनाइटेडविरुद्धको खेल गुमाउने भएका छन् । मंगलबार युनाइटेडसँग खेल्न लागेको पीएसजीका प्रशिक्षक थोमस टुचेलले काभानी मैदान नउत्रिने बताएका छन् । ‘हीप’ को चोट खेपीरहेका काभानी युनाइटेडविरुद्धको खेलमा आराम गर्ने भएका छन् ।

“के म्यानचेस्टर युनाइटेड पोग्वा र रासफोडलाई मैदान बाहिर राख्न सक्छ ? पक्कैपनि, नेयमार युरोपकै सर्वोत्कृष्ट खेलाडी हुन् । हामी उनलाई सम्झीने छौं र अहिले काभानी गुमाएका छौं,” प्रशिक्षक टुचेलले भने,“ हरेक पोजिसनमा एमबाप्पेलाई खेलाउन सकिँदैन ।

काभानी र नेयमारकोस्थानमा खेल्नु उनको जिम्मेवारी होइन् । उनले स्वतन्त्र रुपमा खेल्नु पर्छ । म उनलाई सकारात्मक रुपमा खेल्न सुझा दिन्छु । एमबाप्पेले राम्रो मानसिकताका साथ सकारात्मक भएर खेल्नु पर्छ ।” प्रशिक्षक टुचेलले अगाडि भने,“हामी कम्तीमा पनि १ अंक खोस्न चाहान्छौं ।”

पीएसजीका लागि सर्वाधिक गोल कर्ता तीन जना
नाम                                      खेल                      गोल
इडिन्सन काभानी                     २५                              २१
किलियन एमबाप्पे                    २६                              २२
नेयमार                                     २३                               २०

प्रकाशित मिति : २९ माघ २०७५, मंगलबार  २ : ३५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन