टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो « Khabarhub

टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् ।

टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ ।

६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो । उक्त कार न्यू योर्क राज्यको बुफेलो सहरबाट चोरी भएको भनी उजुरी परेको जनाइएको छ ।

दुर्घटनामा १४ देखि १७ वर्षका किशोरकिशोरीहरु मारिएका हुन् । पाचौँ यात्रु हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको जनाइएको छ भने १६ वर्षे चालक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछि उनीहरुले ‘किया च्यालेन्ज’ मा सहभागी भएको खुलासा भएको थियो । केही समययता भाइरल यस च्यालेन्जमा युएसबी कोर्ड र स्क्रुड्राइभरको सहयोगमा ह्युन्डाई र किया कार स्टार्ट गरेको भिडियो टिकटकमा अपलोड गरिन्छ ।

गत जुलाई महिनायता फ्लोरिडा राज्यको सेन्ट पिटर्सबर्ग सहरमा कार चोरीका घटनामध्ये एक तिहाइ यसै च्यालेन्जसँग सम्बन्धित रहेको बताइएको छ ।

त्यसैगरी, क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरका अधिकारीले यस च्यालेन्जका कारण ह्युन्डाई र किया कार चोरीका घटनामा ८५ प्रतिशतले वृद्धि भएको जनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ५ : ०४ बजे

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी

बढ्दो जलवायु जोखिमप्रति नेपाल–चीन सहकार्य आवश्यक : झलनाथ खनाल

काठमाडौं–  पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी तापमान वृद्धिसँगै हिमालय क्षेत्र गम्भीर

कङ्गोमा इबोला सङ्क्रमितको सङ्ख्या ७ हजार नाघ्यो

एजेन्सी– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमितको संख्या ७ हजार नाघेको