टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो « Khabarhub

टिकटकमा कार चोरी गर्न उक्साउने ‘किया च्यालेन्ज’ ले ४ किशोरकिशोरीको ज्यान लियो


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको न्यू योर्कमा सडक दुर्घटनामा परी मृत्यु भएका चार किशोरकिशोरीले टिकटक च्यालेन्जका लागि कार चोरी गरेको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीले जनाएका छन् ।

टिकटकमा भाइरल ‘किया च्यालेन्ज’ का लागि कार चोरी गर्ने क्रममा दुर्घटनामा परी उनीहरु मारिएको हुनसक्ने अमेरिकी सुरक्षा अधिकारीको विश्वास छ ।

६ जना किशोरकिशोरी सवार कार सोमबार दुर्घटनामा परेको थियो । उक्त कार न्यू योर्क राज्यको बुफेलो सहरबाट चोरी भएको भनी उजुरी परेको जनाइएको छ ।

दुर्घटनामा १४ देखि १७ वर्षका किशोरकिशोरीहरु मारिएका हुन् । पाचौँ यात्रु हाल अस्पतालको सघन उपचार कक्षमा उपचाररत रहेको जनाइएको छ भने १६ वर्षे चालक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछि उनीहरुले ‘किया च्यालेन्ज’ मा सहभागी भएको खुलासा भएको थियो । केही समययता भाइरल यस च्यालेन्जमा युएसबी कोर्ड र स्क्रुड्राइभरको सहयोगमा ह्युन्डाई र किया कार स्टार्ट गरेको भिडियो टिकटकमा अपलोड गरिन्छ ।

गत जुलाई महिनायता फ्लोरिडा राज्यको सेन्ट पिटर्सबर्ग सहरमा कार चोरीका घटनामध्ये एक तिहाइ यसै च्यालेन्जसँग सम्बन्धित रहेको बताइएको छ ।

त्यसैगरी, क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरका अधिकारीले यस च्यालेन्जका कारण ह्युन्डाई र किया कार चोरीका घटनामा ८५ प्रतिशतले वृद्धि भएको जनाएका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ५ : ०४ बजे

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी