भारतीय रुपैयाँमा हिन्दू देवीदेवताका तस्वीर राख्न दिल्लीका मुख्यमन्त्री केजरीवालको माग « Khabarhub

भारतीय रुपैयाँमा हिन्दू देवीदेवताका तस्वीर राख्न दिल्लीका मुख्यमन्त्री केजरीवालको माग


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भारतीय रुपैयाँमा महात्मा गान्धीका साथै हिन्दू देवीदेवताको तस्वीर राख्न केन्द्र सरकारसमक्ष माग गरेका छन् ।

केजरीवालले भारतीय रुपैयाँमा गान्धीका साथै हिन्दू देवीदेवताहरु लक्ष्मी र गणेशको तस्वीर राख्न केन्द्र सरकारसमक्ष माग गरेको भारतीय समाचार च्यानल आजतकले जनाएको छ ।

भारतीय रुपैयाँमा हिन्दू देवीदेवताको तस्वीर राखेको खण्डमा अर्थतन्त्रमा सुधार आउने उनको विश्वास छ । उनले नयाँ नोट छाप्ने बेला लक्ष्मी र गणेशको तस्वीर राख्न सकिने जनाएका छन् ।

हिन्दूहरुको चाड दिवालीलगत्तै केजरीवालले केन्द्र सरकारसमक्ष विघ्नहर्ता देवता गणेश र धनकी देवी लक्ष्मीको तस्वीर राख्न माग गरेका हुन् ।

हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपाको नेतृत्वमा रहेको केन्द्र सरकारसमक्ष उनले गरेको मागलाई निकै चासोपूर्वक हेरिएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ६ : ४७ बजे

दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रमा सभामुख र राष्ट्रियसभा अध्यक्ष

काठमाडौं– सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको

ट्राफिक कारबाहीमा एकैदिन करिब २१ लाख राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकै दिन दुई हजार

वातावरण संरक्षणका लागि कानूनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू

काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुले वातावरण संरक्षणका लागि नीतिगत तथा कानूनी व्यवस्थासँगै

नेकपाका सांसदलाई अभिमूखीकरण तालिम

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना सांसदलाई अभिमूखीकरण तालिम

चिडियाखानालाई दश लाख रुपैयाँ सहयोग

काठमाडौँ– प्रभु शम्शेर तथा राजी राणा कोषले सदर चिडियाखानामा राखिएको