उत्तर कोरियाबाट भागेर दक्षिण आएकी महिलाको शव कुहिएको अवस्थामा फेला | Khabarhub Khabarhub

उत्तर कोरियाबाट भागेर दक्षिण आएकी महिलाको शव कुहिएको अवस्थामा फेला


९ कार्तिक २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया आएकी एक महिलाको कुहिएको अवस्थामा अवशेष फेला परेको छ । दक्षिण कोरियाको राजधानी सोलमा गत साताको बुधबार ती उत्तर कोरियाली महिलाको अवशेष फेला परेको दक्षिण कोरियाली अधिकारीलाई उद्धृत गर्दै अमेरिकी टेलिभिजन सीएनएनको अनलाइन संस्करणले जनाएको छ ।

४० को दशक उमेर रहेकी ती महिला सन् २००२ मा उत्तर कोरियाबाट भागेर दक्षिण कोरिया पुगेको प्रहरीले जनाएको छ । उनले लामो समयसम्म घरभाडा नतिरेपछि सोलको आवास एवम् समुदाय सहकारीका अधिकारीहरु उनको निवास पुगेका थिए । त्यहाँ उनीहरुले ती महिलाको अवशेष फेला पारेको जनाइएको छ ।

उनको शरीर गम्भीर रुपमा कुहिएको र कंकालजति मात्रै बाँकी रहेको प्रहरीको भनाइ छ । उनले जाडो याममा लगाउने कपडा लगाएका कारण उनको मृत्यु भएको करिब एक वर्ष भइसकेको हुनसक्ने अधिकारीको अनुमान छ । यद्यपि पोस्टमार्टमपछि घटनाबारे थप विवरण सार्वजनिक हुने प्रहरीले जनाएको छ ।

दक्षिण कोरियाको एकीकरण मन्त्रालयले मृतक महिलाको पहिचान सार्वजनिक गरेका छैनन् । यद्यपि उनले सन् २०११ देखि सन् २०१७ सम्म मन्त्रालयको कोरिया हाना फाउन्डेसनमा काम गरेको जनाइएको छ ।

प्रहरीले राष्ट्रिय फरेन्सिक सेवालाई घटनाबारे थप अनुसन्धान गर्नका लागि आग्रह गरेको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ८ : ३५ बजे

वीरगञ्ज नाकाबाट भटमासको कच्चा तेल आयात ५२ अर्ब, निर्यात ५५ अर्ब

वीरगञ्ज– चालु आर्थिक वर्ष (आव)को ११ महिनामा वीरगञ्ज नाका हुँदै

जैमिनी नागरिक स्वास्थ्य उपचार कोष स्थापना

बागलुङ– बागलुङको जैमिनी नगरपालिकाले ‘जैमिनी नागरिक स्वास्थ्य उपचार कोष’ स्थापना

सैँतीस वर्षपछि पक्की नहर निर्माण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ७ बिममा रहेको बेल्फी लुरवाङ सिँचाइ

एसिसी यु-१६ कप फाइनल : १२ ओभरको समाप्तिमा नेपालले लियो ६ विकेट

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु-१६ इस्ट जोन

पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

बागलुङ– बुकीपाटनको उत्तरपट्टि देखिने अनगिन्ती हिमशृङ्खला । चारैतिर हरियाली पहाड