देउसी-भैलीमा मौलिकता हराउँदै | Khabarhub Khabarhub

देउसी-भैलीमा मौलिकता हराउँदै


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कर्णाली– हिन्दु धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ । यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ ।

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ । देउसीमा ¥याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन ।

एक दशकअघि हरेकलाई हेरौँ हेरौँ लाग्ने देउसीभैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । ‘हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ’, आचार्यले भने, ‘त्यसको जगेर्ना, संरक्षण र संवर्द्धन गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ ।’

विभिन्न सांस्कृतिक चाडपर्व, शुभसाइत, शुभ दिन, शुभमुहूर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उनले बताए। परिवर्तनका नाममा अनुशासनहीन गतिविधिलाई नियन्त्रण गरेर सांस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाइ छ । 

अहिलेको पुस्ताले पुर्खाको विरासतलाई बचाउनेभन्दा ध्वस्त पार्ने काम गरेको जुम्लाको तिला गाउँपालिका–४ की  ९९ वर्षीया कालु शाहीले बताउनुभयो । ज्येष्ठ महिला शाहीले भने, ‘हामी कहाँ १०–१५ वर्ष अघिसम्म यस्तो देउसीभैली खेल्ने संस्कृति देखिँदैनथ्यो । त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरूको देउसीभैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौँ ।’

आजभोलिको देउसीभैली हेर्दा त निकै छाडाजस्तो लाग्ने गरेको उनले बताए। शाहीका अनुसार अचेलको भैलीमा ती छोरा–छोरीमा एकातिर अनुशासन देख्न पाइँदैन भने अर्कातिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ । नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उहाँले प्रतिक्रिया दिए ।

सोही वडाका ८० वर्षीय वीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउने आजको पुस्ताले आफ्नो सिर्जना रत्ति पनि प्रस्तुत गर्न नसकेको तर्क गरे । ‘नयाँ पुस्ताले देउसीभैलीमा न आफ्नो संस्कृति पछ्याएको छ न त आफ्नो सिर्जना नै पस्कन सकेको छ’, उनले  भने, ‘यसले आजको पुस्तालाई गीत, सङ्गीत र सिर्जनामा समेत परनिर्भर बनाएको छ ।’

फेरिँदै गएको देउसीभैलीले हाम्रो नेपालीपनलाई आयातित संस्कृतिमा रूपान्तरण गरेको उनको बुझाइ छ । मूलतःः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सिर्जना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरूले गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ११ : १३ बजे

प्रधानमन्त्रीले भने- नेपाल र चीनबीचको सम्बन्धलाई पुस्तौँ पुस्तासम्म विस्तार गर्नुपर्छ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई पुस्तौँ पुस्तासम्म

भ्रष्टाचार छानबिन गर्न माग गर्दै दलबलसहित अख्तियार पुग्यो राप्रपा (तस्बिरहरू)

काठमाडौं– भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राप्रपाले अख्तियार दुरुपयोग

ज्ञानेन्द्र र कुलमानलाई न्यूयोर्कमा ‘ग्लोबल हिरो अवार्ड’ दिइने

काठमाडौं- यस वर्षको ‘ग्लोबल हिरो अवार्ड’ नेपालका ज्ञानेन्द्र शाही र

विद्यार्थीलाई उपप्रधानमन्त्री सिंहको सुझाव : जिन्दगीको लक्ष्य पूरा गर्न मेहनत गर्नुस्

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले जिन्दगीको लक्ष्य

न्याय सम्पादनलाई चुस्त बनाउने प्रयास गर्छौँ : महान्यायाधिवक्ता बडाल

काठमाडौं– सरकारको कानुनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता रमेश बडालको नियुक्ति भएको