देउसी-भैलीमा मौलिकता हराउँदै « Khabarhub

देउसी-भैलीमा मौलिकता हराउँदै


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

कर्णाली– हिन्दु धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारमा खेलिने देउसीभैली मानव संस्कृति, सभ्यता र समाजको वास्तविक चित्रसँग अन्तरसम्बन्ध राख्दछ । यसले नेपाली हिन्दु समाजको संस्कृति बोल्छ, मौलिकताका गीत गाउँछ र आफ्नोपन सबैमाझ भिज्ने गरी प्रकट गर्दछ । यो मनोरञ्जन मात्र होइन, परम्परा, संस्कृति र इतिहास हो । यद्यपि पछिल्ला वर्षहरूमा मनाइने देउसीभैली संस्कृतिले भने आधुनिकताका नाममा मौलिकतामाथि हमला गरेको पाइन्छ । सांस्कृतिक इतिहासलाई भन्दा आधुनिक परिवेशलाई अवलम्बन गरेको पछिल्लो पुस्ताले भड्किलो र अराजक शैलीबाट देउसीभैली खेलेको देखिन्छ ।

हिमाली जिल्लामा यसअघिका देउसीभैलीमा मादल, बाँसुरी, खैंजडी, घुघुरालगायतका बाजा प्रयोग गरिन्थ्यो । यमराज र बहिनी यमुनासँग जोडिएको इतिहास भट्याइन्थ्यो । विडम्बना १ अचेल खेलिँदै आएको देउसीभैलीमा भैलेराहरू डिजेगीत सङ्गीतमै झुम्मिएको पाइन्छ । देउसीमा ¥याप, पपजस्ता गीत गाइनुले सिर्जना फिटिक्कै देखिँदैन ।

एक दशकअघि हरेकलाई हेरौँ हेरौँ लाग्ने देउसीभैली आज सुन्दा बुझ्न र पचाउन गाह्रो हुँदै गएको कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्यले बताए । ‘हरेक संस्कृतिले आफ्नै सभ्यता र मौलिकता बोकेको हुन्छ’, आचार्यले भने, ‘त्यसको जगेर्ना, संरक्षण र संवर्द्धन गर्ने दायित्व पछिल्लो पुस्ताको हुन्छ ।’

विभिन्न सांस्कृतिक चाडपर्व, शुभसाइत, शुभ दिन, शुभमुहूर्तमा प्रकट हुने हाम्रो संस्कृति र मौलिक परम्परा आधुनिक जीवनशैलीका कारण हराउँदै जानु चिन्ताको विषय बनेको उनले बताए। परिवर्तनका नाममा अनुशासनहीन गतिविधिलाई नियन्त्रण गरेर सांस्कृतिक तथा मौलिक सम्पदालाई बचाउन सकिएमा मात्र हाम्रो पहिचान र अस्तित्व कायम हुने जानकार आचार्यको भनाइ छ । 

अहिलेको पुस्ताले पुर्खाको विरासतलाई बचाउनेभन्दा ध्वस्त पार्ने काम गरेको जुम्लाको तिला गाउँपालिका–४ की  ९९ वर्षीया कालु शाहीले बताउनुभयो । ज्येष्ठ महिला शाहीले भने, ‘हामी कहाँ १०–१५ वर्ष अघिसम्म यस्तो देउसीभैली खेल्ने संस्कृति देखिँदैनथ्यो । त्यसपछि मात्र खेल्ने हाम्रा भाइ छोराहरूको देउसीभैली राम्रो लागेर हामी पनि मिसिन्थ्यौँ ।’

आजभोलिको देउसीभैली हेर्दा त निकै छाडाजस्तो लाग्ने गरेको उनले बताए। शाहीका अनुसार अचेलको भैलीमा ती छोरा–छोरीमा एकातिर अनुशासन देख्न पाइँदैन भने अर्कातिर गीत पनि भाका, लय र शैली नमिलेको अनि कुराको शैलीमा गीत गाउने गरेको पाइन्छ । नाच झनै उत्ताउलो किसिमको हेर्न नसकिने भएको उहाँले प्रतिक्रिया दिए ।

सोही वडाका ८० वर्षीय वीरबहादुर सिंहका अनुसार बनिबनाउ गीत गाउने आजको पुस्ताले आफ्नो सिर्जना रत्ति पनि प्रस्तुत गर्न नसकेको तर्क गरे । ‘नयाँ पुस्ताले देउसीभैलीमा न आफ्नो संस्कृति पछ्याएको छ न त आफ्नो सिर्जना नै पस्कन सकेको छ’, उनले  भने, ‘यसले आजको पुस्तालाई गीत, सङ्गीत र सिर्जनामा समेत परनिर्भर बनाएको छ ।’

फेरिँदै गएको देउसीभैलीले हाम्रो नेपालीपनलाई आयातित संस्कृतिमा रूपान्तरण गरेको उनको बुझाइ छ । मूलतःः संस्कृति तथा मौलिकताको संरक्षण, सभ्यताको उजागर र सिर्जना शक्तिमा जोड दिने संयन्त्रको निर्माण गर्नुपर्नेमा संस्कृतिसम्बन्धी जानकारहरूले गम्भीर चासो व्यक्त गर्दै आएका छन् ।

 

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ११ : १३ बजे

सुकुम्वासी राखिएको होल्डिङ सेन्टरमा पुगे कुलमान

काठमाडौं– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज भूमिहीन सुकुम्बासीहरूसँग

दशरथ रंगशालामा ३ हजार बढी सुकुम्वासीले टिपाए नाम

काठमाडौं– काठमाडौंका विभिन्न स्थानमा रहेका सुकुम्वासी बस्ती हटाइएपछि प्रभावित परिवारहरूको

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक मंगलबार दिउँसो ३ बजे  बस्दैछ ।  बैठक

इरान-अमेरिका तनाव : फुजैराह विस्फोटले विवाद, होर्मुजमा झन् गहिरिँदो संकट

तेहरान– इरानले फुजैराह पोर्टको तेल क्षेत्रमा लागेको भीषण आगलागीका लागि

आर्मेनिया युरोपतर्फ नजिकिँदै, रुससँग दूरी बढ्दै

एजेन्सी– दक्षिण काकेशस क्षेत्रको रणनीतिक रूपमा महत्त्वपूर्ण राष्ट्र आर्मेनियाले आफ्नो