पाकिस्तानविरुद्ध जिम्बावेको रोमाञ्चक जित | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध जिम्बावेको रोमाञ्चक जित


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाण्डौ – आईसीसी टी–२० विश्व कप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा जिम्बावेले रोचक जित हात पारेको छ । बिहीबार पर्थमा भएको खेलमा जिम्बावेले पाकिस्तानलाई एक रनले हराएको हो ।

जिम्बावेले दिएको एक सय ३१ रनको मध्यम लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २९ रनमात्र बनाउन सक्यो । पाकिस्तानका लागि शन मसुदले ४४ रन बनाए ।

बलिङतर्फ जिम्बावेका सिकन्दर राजाले तीन विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३० रन बनायो ।
यो जितसँगै जिम्बावे दुई खेलमा तीन अङ्कसहित समूह २ को तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ८ : ३२ बजे

कालीगण्डकी कोरिडोर : लस्ती–बेनी खण्ड कालोपत्र गरिँदै

म्याग्दी– कालीगण्डकी कोरिडोरअन्तर्गत लस्ती–बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ ।

मतदाता नामावलीमा नाम दर्ता गर्नेको उत्साहजनक सहभागिता 

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देशभरको मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मर्मतपछि नेपाल एयरलाइन्सको ट्वीनअटर विमान व्यावसायिक उडानमा

काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ट्वीनअटर विमान

आर्सनलमाथि बायर्नको रोचक कमब्याक जित

काठमाडौं – महिला च्याम्पियन्स लिगमा आर्सनल पराजित भएको छ ।