लमजुङ कारागारका कैदिबन्दीले लगाए भाइटीका « Khabarhub

लमजुङ कारागारका कैदिबन्दीले लगाए भाइटीका


१० कार्तिक २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए ।

पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए ।

कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने व्यवस्था मिलाएको जेलर ताराबहादुर तामाङले बताए । कारागार कार्यालयको सुरक्षार्थ खटिएको नेपाली सेना र नेपाल प्रहरीले कैदीबन्दीका लागि टीका लगाउने कार्यको व्यवस्थापन गरेको थियो ।

बिहानको साइत ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको जेलर तामाङले बताए । उनका अनुसार अधिकांशले टीका लगाए पनि दिदीबहिनी नआउँदा र दिदीबहिनी नभएका कतिपयले टीका लगाउन पाएनन् ।

महिला कैदीबन्दीका आफन्तहरू भेटघाटका लागि आए पनि दाजुभाइ नआउँदा उनीहरूको हात खाली भएको जेलर तामाङले बताए । ३५ जना क्षमताको लमजुङ कारागारमा १ सय ४ जना कैदीबन्दी छन् । महिला कैदीबन्दी ५ जना छन् ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार  ९ : २३ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट